NewsFilmy

News

हेर्नुहोस् : यो साता प्रशारित फिल्मी कार्यक्रम क्ल्याप बोर्ड

  • March 2, 2014 4:05 pm
  • News FIlmy

यो साता प्रशारित फिल्मी कार्यक्रम क्ल्याप बोर्डमा विदा खान भिड्ने फिल्मका बारेमा रिपोर्ट : विकास आचार्य भन्छन् ‘नाईं न भन्नु ल -२ फरक प्रस्तुतीमा बनाउने प्रयास गरिएको छ । ‘ गीतकार होमनाथ न्यौपानेको पिडा : फिल्ममा लेखेका गीत मरे भन्छन उनी । साथमा अन्य मनोरञ्जन गतिविधि । हेर्नुहोस् कार्यक्रम राजन घिमिरेका साथ ।

बैशाख १२ मा ‘मेरो बेष्ट फ्रेण्ड’ : गीत रिलिज

  • March 2, 2014 5:36 am
  • News FIlmy

दुई पुरुष साथी अनि त्यस बीचमा रहेकी एक केटी साथीको कहानी रहेको ‘मेरो बेष्ट फ्रेण्ड’ आउदो बर्षको बैशाख १२ गते देखि देशब्यापी रिलिज हुने भएको छ । रिलिज मिति फाईनलसंगै यो फिल्मको एक गीत पनि बाहिरिएको छ । प्रशन्न पौडेलको दोश्रो निर्देशन रहेको ‘मेरो बेष्ट फ्रेण्ड ‘मा प्रियंका कार्की, रेश मरहठ्ठा र दिवस उप्रेती मेन लिडमा छन् । प्रियंकाको डेब्यू ट्याग थ्री लभर्स फिल्माट लागेपनि उनले खेलेको पहिलो फिल्म यहि हो ।

एक बर्षपछि गाँउ सम्झदै पप्पुले सात दिने वर्कसप सुरु गरे

  • March 1, 2014 7:40 pm
  • News FIlmy

सिराहा मार्डरका धर्मेन्द्र मोरवैता (पप्पु) ले गृह क्षेत्र सम्झदै फिल्म अभिमुखीकरण तालिम आयोजना गरेका छन् । चलचित्र बिकास बोर्डमा अध्यक्ष नियुक्त भएको झण्डै एक बर्षपछि पप्पुले गाँउ सम्झिदै शनिबार बाट सात दिने मैथिली चलचित्र निर्माण अभिमुखीकरण बिषयक वर्कसप सुरु गरेका हुन । फिल्म क्षेत्रमा उच्च शिक्षा हाँसिल गरेका डा. राजेन्द्र बिमल, डब्बु क्षत्री, आलोक तिवारी, मिश्रीलाल यादब र सवनम मुखिया वर्कसप टेनरका रुपमा यो समय जनकपुरमा छन् ।

‘झोला’ हेरेपछि दंगहुदै सञ्चारमन्त्रीले भने ‘फिल्म हेर्न नछुटाऊ’

  • March 1, 2014 6:24 pm
  • News FIlmy

सती प्रथामाथि बनेको ‘झोला’ फिल्मले सर्वसाधराण सहित केही बिशिष्ट ब्यक्तित्वहरुमा मात्र हैन भर्खरै सञ्चारमन्त्रीको कुर्सीमा बसेका डा. मीनेन्द रिजाललाई पनि खुशी तुल्याएको छ । शनिबार कुमारी हलमा केही सभासद सहित फिल्म हेरेर निस्किए लगत्तै मन्त्री रिजालले मिडिया सामुन्ने ‘फिल्म हेर्न नछुटाऔँ र छुटेका छौँ भने पनि चाडै हेरौ” भनी प्रतिक्रिया दिए । कुनै समय थिएटरका कलाकार समेत रहेका मन्त्री रिजालले फिल्म हेर्दै गर्दा आँखाबाट आँशु समेत झार्न पुगेका थिए ।

दर्पणको आलोचना बढेपछि दर्शना आर्टस् नेपाली फिल्म वितरणमा

  • March 1, 2014 5:07 pm
  • News FIlmy

नेपाली फिल्मको पक्षमा ठूलै वकालत गरिरहने सुरेश दर्पण पोखरेल अचानक हिन्दी फिल्म वितरण गर्न लागेपछि तीब्र आलोचना भएको थियो तर समयसंगै सुरेश दर्पणले आफूलाई परिवर्तन गर्दै नेपाली फिल्म वितरणमा उत्रिएर आलोचना कम गर्ने प्रयास गरेका छन् । उनी सिईओ रहेको दर्शना आर्टस् ले हाल सम्म १२ वटा हिन्दी फिल्म वितरण सकेको अवस्थामा शनिबार एक औपचारिक प्रेस मिट गर्दे ‘ऋतु ‘फिल्मबाट नेपाली फिल्म वितरणमा पनि उत्रिएको घोषणा गर्‍यो। कम्पनीले कन्सेप्ट लिएर आउने फिल्म मेकरहरुलाई फिल्म निर्माणमा पनि सघाउ पुर्याउने कार्यक्रममा सिईओ दर्पण एवं कार्यकारी निर्देशक दीपक अधिकारीले भनेका छन् ।

एक्सक्लुसिभ : दुवै हात नभएका सुर्दशन गौतम रेखाको हिरो

  • March 1, 2014 5:07 am
  • News FIlmy

१३ बर्षको उमेरमा करेन्ट लागेर दुवै हात गुमाएका सुर्दशन गौतम रेखा थापाको नयाँ फिल्म ‘हिम्मतवाली’को एक मुख्य हिरो रहेको रहष्य खुलेको छ । दुवै हात नभएर पनि हरेक कार्य गर्न सक्ने यी हिम्मतवाला सुर्दशनलाई रेखाले सार्वजनिक गर्न चाहेकी थिईनन् तर श्रोतले रेखाको रहष्यलाई भंग गराउन न्यूज फिल्मीलाई एक्सक्लुसिभ रुपमा सहयोग गरेको छ । शिव रात्रीको शुभ अबसर पारेर सुदुर पश्चिमको महेन्द्र नगरबाट छायाकंन सुरु गरिएको हिम्मतवालीलाई श्याम भट्टराईले निर्देशन गरिरहेका छन् । यस अघि रेखासंगै केही फिल्ममा काम गरेका अभय चन्द पनि हिम्मतवालीका अर्का हिरो हुन ।

कन्सर्टका लागि मिका सिंह शनिबार नआउने

  • February 28, 2014 12:07 pm
  • News FIlmy

आईतबार हुने कन्सर्टको अघिल्लो दिननै नेपाल आउने तयारीमा रहेका बलिउड गायक मिका सिंह भोली नआउने भएका छन् । प्राप्त खबर अनुसार दुबई कन्सर्टमा रहेका मिकाले आयोजक मुनलाईट रेकर्डसलाई खबर पठाउदै शनिबार नेपाल आउन आफू असमर्थ रहेको जनकारी गराएका हुन । अघिल्लो दिन नेपाल आएर पशुपतिनाथ दर्शन र माउन्टेन फ्लाईट भर्ने योजनामा समेत रहेका मिकाको माउन्टेन फ्लाईट करिब क्यान्सिल भएको स्थिती छ । बुझिए अनुसार मिकाको १८ सदस्य टोली मध्ये ३ जना नेपाल आईसकेका छन् ।

रेजिनालाई ब्याडलक : कन्यादानमा तनाव

  • February 28, 2014 11:20 am
  • News FIlmy

९१ बर्षीय हजुर बुबाको निधन भएपछि रेजिना उप्रेतीको औपचारिक बैबाहिक समारोहमा आमा, बुबा र दाजुभाई आउन पाएनन् । घरमा परेको शोकका कारण जन्म दिने माता पिताको अनुपस्थिती हुन पुग्दा रेजिनाको कन्यादान मामली पक्षले गरिदिएका थिए । रेजिनाले गत शनिबार भब्य रिसेप्सन पार्टी दिएर बिहेको सूचना दिएकी थिईन् ।

नोभेम्बर रेन सिंगल रिलिजका लागि नेफ्टाको पहल

  • February 28, 2014 10:51 am
  • News FIlmy

छैंठौ नेफ्टा अवार्ड मलेसियामा गर्न ‘नोभेम्बर रेन’ निर्माण गरेको कम्पनी सुवास ईन्टरटेन्मेन्टले सहयोग पुर्याएको भन्दै चलचित्र प्राविधिकसंघले नोभेम्बर रेन रिलिज मितिमा अन्य कुनै फिल्म नजुधाईदिन अपिल गरेको छ । विवादको घेरेमो परेको नेफ्टा अवार्डको मलेसिया आयोजक सुवास ईन्टरटेन्मेन्ट थियो । सम्पुर्ण ब्यवस्थापन भएर पनि ब्यवस्थित हुन नसकेपछि अवार्डबाट सुवास ईन्टरटेन्मेन्टले ३५ लाख बढी घाटा ब्यहोरेको थियो ।

उद्धव पौडेलका ज्वाई बोर्ड सदस्य हुने तयारीमा

  • February 28, 2014 8:14 am
  • News FIlmy

विराटनगरमा रहदा दियालो परिवारबाट बनेको नाटक ‘द्रोही’ खेल्दाका सहकर्मी डा. मिनेन्द्र रिजाल अहिले सञ्चार मन्त्री भएका छन् त्यसैले प्रदीप दाहाल चलचित्र बिकास बोर्डको सदस्य बन्ने प्रक्रिया अघि बढेको छ । रिक्त रहेको तीन सदस्य मध्ये एक पदका लागि दाहाललाई मन्त्री रिजालले नियुक्त गर्न बायोडाटा समेत मन्त्रालय मगाईसकेका छन् । सञ्चार मन्त्रालय श्रोत अनुसार दाहालको बायोडाटा मन्त्रालय आईपुगेको दुई दिन भईसक्यो ।