NewsFilmy

Latest News

नोभेम्बर रेन सिंगल रिलिजका लागि नेफ्टाको पहल

  • February 28, 2014 10:51 am
  • News FIlmy

छैंठौ नेफ्टा अवार्ड मलेसियामा गर्न ‘नोभेम्बर रेन’ निर्माण गरेको कम्पनी सुवास ईन्टरटेन्मेन्टले सहयोग पुर्याएको भन्दै चलचित्र प्राविधिकसंघले नोभेम्बर रेन रिलिज मितिमा अन्य कुनै फिल्म नजुधाईदिन अपिल गरेको छ । विवादको घेरेमो परेको नेफ्टा अवार्डको मलेसिया आयोजक सुवास ईन्टरटेन्मेन्ट थियो । सम्पुर्ण ब्यवस्थापन भएर पनि ब्यवस्थित हुन नसकेपछि अवार्डबाट सुवास ईन्टरटेन्मेन्टले ३५ लाख बढी घाटा ब्यहोरेको थियो ।

उद्धव पौडेलका ज्वाई बोर्ड सदस्य हुने तयारीमा

  • February 28, 2014 8:14 am
  • News FIlmy

विराटनगरमा रहदा दियालो परिवारबाट बनेको नाटक ‘द्रोही’ खेल्दाका सहकर्मी डा. मिनेन्द्र रिजाल अहिले सञ्चार मन्त्री भएका छन् त्यसैले प्रदीप दाहाल चलचित्र बिकास बोर्डको सदस्य बन्ने प्रक्रिया अघि बढेको छ । रिक्त रहेको तीन सदस्य मध्ये एक पदका लागि दाहाललाई मन्त्री रिजालले नियुक्त गर्न बायोडाटा समेत मन्त्रालय मगाईसकेका छन् । सञ्चार मन्त्रालय श्रोत अनुसार दाहालको बायोडाटा मन्त्रालय आईपुगेको दुई दिन भईसक्यो ।

गीत हेर्दा मनलाई सम्हाल्नुस् : मर्ने कसैलाई रहर हुँदैन…

  • February 28, 2014 6:53 am
  • News FIlmy

आज सार्वजनिक नाईं न भन्नु ल- २ को यो गीत हेर्दा तपाईले मनलाई सम्हाल्नुपर्ने छ । कारण शब्दसंगै समावेश दृश्यले तपाईको भित्री मुटु नछोला भन्न सकिन्न । बाल गायक प्रेम परियारले गाएको यो गीत नाईं न भन्नु ल -२ को दोश्रो गीत हो । यस अघि पनि उनीद्धारा स्वरबद्ध गीत सार्वजनिक भएपछि नाईं न भन्नु ल -२ को चर्चा हजारौ खर्चिएर गरिने बिज्ञान भन्दा निकै माथि रहन गयो ।

‘नोभेम्बर रेन’ हेर्नुस दोश्रो टिजर

  • February 27, 2014 10:52 am
  • News FIlmy

प्रतिक्षित फिल्मको लिष्टमा अटाएको ‘नोभेम्बर रेन’को दोश्रो टिजर रिलिज भएको छ । पाँच बर्षपछि आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा देखिन लागेको यो फिल्म चैत्र १४बाट देशब्यापी रिलिज हुँदैछ । सुवास ईन्टरटेन्मेन्टसंग आर्यनको कम्पनीले निर्माण गरेको यस फिल्मलाई लभस्टोरी मेकर दिनेश राउतले निर्देशन गरेका हुन ।

फोटो फिचर : बर्थडे गर्ल प्रियंका कार्की सानो छदा

  • February 27, 2014 9:17 am
  • News FIlmy

सर्वाधिक ब्यस्त हिरोइन प्रियंका कार्कीको आज २७औँ बर्थडे हो तसर्थ यो बर्थडेको अबसरमा प्रियंका सानो छदाका केही एक्सक्लुसिभ तस्बिरहरु तपाईहरु माँझ हामीले ल्याउने जमर्को गरेका छौ । यी एक्सक्लुसिभ तस्बिरहरुमा प्रियंका सानो देखि मिस टिन हुदा सम्मका झलकहरु छन् ।

२६ बर्षपछि बल्ल जुर्यो प्रियंकाको स्पेशल बर्थडे

  • February 27, 2014 8:16 am
  • News FIlmy

जन्मिएको दिन फाल्गुन १५ अनि तारिख २७ फ्रेब्रुअरी त्यसमाथि महाशिवरात्रीको दिन दोहोरिएर एकै पटक आएको थिएन तर यस पटक भने सम्पूर्ण समय जुरेको छ प्रियंका कार्कीका लागि । आज महाशिवरात्री अनि जन्मिएको दिन सवै हिसाबले ठ्याक्कै मिल्दा प्रियंका कार्की निकै हर्षित छिन । पछिल्लो समयकी सर्वाधिक ब्यस्त हिरोइन प्रियंकाको आज २७ औँ जन्मदिन हो ।

शिवरात्रीमा सुरु भयो रेखाको हिम्मतवाली

  • February 27, 2014 7:09 am
  • News FIlmy

महाशिवरात्रीको अबसरमा रेखा थापाको नयाँ फिल्म ‘हिम्मतवाली’ सुटिङका लागि फ्लोरमा निस्किएको छ । श्याम भट्टराईले निर्देशन गर्ने यो फिल्मबाट रेखाले नयाँ हिरोलाई डेब्यू गराउदैछिन् । उनले हिरोको बारेमा अहिले सम्म मिडियामा खोलेकी छैनन् । सुदुर पश्चिमका विभिन्न लोकेशनमा खिचिईने हुने उक्त फिल्मको फष्ट सेड्यूलको सुटिङ महेन्द्र नगरबाट सुरु गरिएको छ । सफल निर्देशकको रुपमा आफूलाई चिनाईसकेका श्यामले पछिल्लो पटक रेखालाई लिएर लंका फिल्म निर्देशन गरेका थिए । त्यस अघि च्यालेन्ज फिल्ममा पनि रेखासंगै काम गरेको भट्टराईको च्यालेन्ज ५ बर्ष पुरानो भईसक्दा पनि रिलिजको गरिएको छैन् ।

कुरा के हो तस्बिर यस्तो भेटियो !

  • February 26, 2014 12:40 pm
  • News FIlmy

फागुन २३ मा ऋतु रिलिज हुँदैछ र यहि फिल्मकी एक हिरोइन रिमा विश्वकर्मा र सिनेमाटोग्राफर सुसन प्रजापतिको यो मुडको तस्बिर न्यूज फिल्मीले प्राप्त गरेको छ । गायक एवं मोडल आमिर शेखसंग बिहे गर्ने तयारीमा रहेकी रिमा यो समय आमिरसंगै ईन्डियामा छिन् । एक बर्षदेखि आमिरसंगको प्रेम सम्बन्धमा रहेकी रिमालाई केही महिना अघि बुहारीको रुपमा आमिरको परिवारले स्वीकार गर्ने निर्णय गरेपनि त्यो निर्णय अहिले आएर उल्टिने अवस्थामा रहेको खबर न्यूज फिल्मीलाई एक्सक्लुसिभ रुपमा प्राप्त भएको छ ।

अरुणिमा यो के हालत तिम्रो ?

  • February 26, 2014 11:28 am
  • News FIlmy

यो क्लोज अप तस्बिर केही दिन अघिको हो । मुहारमा मुस्कान थियो तर अनुहारमा चमक थिएन अरुणिमाको । हिरोइन रेजिना उप्रेतीको बिहे रिसेप्सन पार्टीमा देखिएकी अरुणिमा लम्साल सुत्केरी भएको दुई महिनामै सार्वजनिक हुदा जति सुन्दर थिईन त्यो सुन्दरता आज भोली हराएको हो कि भन्ने यो तस्बिरले देखाउछ ।

मह जोडीद्धारा नरेश भट्टराईलाई ‘भ्वाईस अफ नेपाल’ सम्मान

  • February 26, 2014 6:54 am
  • News FIlmy

आयोजकको सस्थागत हैसियित विस्तारै ठूलो होला तर कार्यक्रममा उपस्थित भएका राष्ट्रिय स्तरका ब्यक्तित्वहरुबाट सम्मान पाउनु सानो कुरा हैन । केही समय अघि मात्र स्थापना भएको कला ईभेन्टसले फेमश मिडिया पर्सन नरेश भट्टराईलाई ‘भ्वाईस अफ नेपाल ‘ शिर्षकममा बृहत शैलीबाट सम्मान गरेको छ । बरिष्ठ हास्य अभिनेताद्धय मह जोडीले भट्टराईलाई सम्मान गरेका हुन । मिडिया फिल्डमा विगत १७ बर्षदेखि अनवरत लागिपरेका भट्टराई मनोरञ्जनसंग जोडिएर हुने नेपालका अधिकांश ठूला कार्यक्रममा होस्टको रुपमा देखिन्छन् । भट्टराईको सम्मानमा आयोजकले अभिनेत्री बसुन्धरा भुषाल, निर्देशक तथा गीतकार यादव खरेल, दिनेश अधिकारी, कानुनविद भिमार्जुन आचार्य लगायतबाट नरेश भट्टराइ चित्र अंकित टि-र्सट समेत लन्च गरेको छ ।