NewsFilmy

Latest News

हरिबंशका कान्छा छोराले गरे ईन्गेजमेन्ट :  दुलही हुन मिराबेल होटल मालिककी छोरी

  • October 1, 2016 4:24 pm
  • News FIlmy

बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यका कान्छा छोरा मोहित बंशको पनि लगन गाँठो कसिने भएको छ । धुलिखेल स्थित मिराबेल होटलका तीन मालिक मध्ये एक मालिक तथा अरनिको टेलिभिजनका  मालिककी छोरीे विनु थापासंग मोहितको विवाह हुने पक्का भएको हो आज । प्राप्त जानकारी अनुसार  होटल मिराबेलमै  सानो पारिवारिक जमघटका बीच काभ्रे पनौतीकी विनु थापासंग मोहितको ईन्गेन्जमेन्ट सम्पन्न […]

सामराज्ञीको नाम सामराज्ञी थिएन ! उनलाई पनि मन परेको थिएन त्यो नाम

  • September 26, 2016 6:19 am
  • News FIlmy

ड्रिम्स  डेब्यू हिरोइन सामराज्ञी राज्य लक्ष्मी शाहको बिषयमा बाहिर नआएको दुई कथालाई आज हामी सार्वजनिक गर्दैछौ । पोखरामा छायाँकन रत फिल्म ए मेरो हजुरको सेटमा सामराज्ञीसंग न्युज फिल्मीको भेट भएपछि उनले आफ्ना विगतका दुई  स्टोरी सुनाईन जुन यस्तो थियो ‘खास भन्ने हो भने मेरो नाम प्रियंका थियो । म जन्मने वित्तिकै मामुले मेरो नाम सामराज्ञी राखिदिनुभएको […]

हैट ! ७ करोड क्लबमा पुग्यो छक्का पञ्जा : रिलिज भएका तीन फिल्मलाई फ्ल्प बनायो

  • September 25, 2016 10:22 am
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) फिल्म छक्का पञ्जाले सोह्र  दिनमा ७ करोड ४२ लाख २३ हजार ग्रस कारोबार गर्न सफल भएको छ । यो सोह्र दिनको कलेक्सन रिपोर्ट हेर्ने हो भने रिलिजको तेश्रो शनिबार हिजोसम्म मोफसलबाट ३ करोड ४० लाख १० हजार कलेक्सन र राधानीबाट ४ करोड २ लाख १३ हजार कलेक्सन छ । सुरुवाती दिनमा मोफसल […]

Explosive Hit ! ६ करोड क्लबमा छक्का पञ्जा : चार फिल्मकै रेकर्ड तोडियो

  • September 19, 2016 8:05 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) फिल्म छक्का पञ्जाले विस्फोटक शैलीमा ब्यापार गर्न सफल हुँदै तीन नेपाली फिल्मको लाईफ टाईम कलेक्सनको रेकर्डलाई तोड्न सफल भएको छ । रिलिजको एघारौ दिनमै यस फिल्मले ड्रिम्स  , परदेशी र कबड्डी कबड्डीले गरेको लाईफ टाईम कलेक्सन ६ करोड प्लस कारोबारको रेकर्डलाई सजिलै तोड्दै ६ करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । […]

कृति भट्टराईले सुरु गरिन क्याफे ब्यावसाय :  रेखा र दीपाले यस्तो भने

  • September 17, 2016 7:54 pm
  • News FIlmy

राम्रो चर्चा पाउँदा पाउँदै पनि फिल्म अभिनयबाट टाढा बसेकी हिरोइन तथा अहिलेकी चर्चित सञ्चारकर्मी कृति भट्टराईले क्याफे ब्यावसाय सुरु गरेकी छिन्। काठमाण्डौँ नयाँ बानेश्वर स्थित थापा गाँउ लोकेशनमा उनले सञ्चालनमा ल्याएको एस्प्रेसो अर्गानिक क्याफेको आज अभिनेत्रीद्धय रेखा थापा तथा दीपाश्री निरौला सहित दुई महिला राजनीतिज्ञ रामकुमारी झाक्री र लक्ष्मी खतिवडाले उद्घाटन गरेका छन् । उद्घाटन […]

Great Achievement :  नौ दिनमै छक्का पञ्जाले ४ करोड ७२ लाख कलेक्सन गर्‍यो

  • September 17, 2016 3:40 pm
  • News FIlmy

अनुप भट्टराई (फरक कोण) दीपकराज गिरीको टिमले बनाएको फिल्म छक्का पञ्जाले आश्चर्यजनक ब्यापार गरेको छ । फिल्मले आज नवौँ दिन सम्म आईपुग्दा साढें चार करोड माथिको ब्यापार गर्न सफल भएको हो । फिल्मले आज नवौं दिन सम्म आईपुग्दा मोफसलबाट २ करोड ११ लाख २५ हजार र राजधानी टेरिटोरीबाट २ करोड ६१ लाख ४२ हजार ब्यापार गर्दै […]

किङ्ग  रिलिज पोष्टपोन्ड :  छवि ओझालाई हुने भो फाईदा

  • September 17, 2016 5:14 am
  • News FIlmy

निखिल उप्रेतीको प्रतिक्षित फिल्म किङ्गको रिलिज पोष्टपोण्ड भएको छ । प्रोड्यूसर जयन श्रेष्ठको भनाई अनुसार निर्धारित मिति भित्रै पोष्ट प्रोडक्सनको काम सक्नका लागि समय नपुग्ने भएपछि घोषित रिलिज तयारी स्थगित गरिएको हो । एक्सन प्रधान किङ असोज २१ देखि प्रर्दशनमा आउँने कुरा थियो जुन मितिमा छवि ओझाको फिल्म किस्मत -२ पनि रिलिज हुँदैछ । यस्तै […]

हेर्नुस् राधा फिल्मको नयाँ गीत :  गीतले भन्छ ‘फूल सारा बेकार छन् … ‘ 

  • September 16, 2016 1:25 pm
  • News FIlmy

तिहारमा रिलिज हुने फिल्म राधाको नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालले रचना गरेको यस गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने स्वर चाँहि राजेश पायल राईको मात्र छ । कोरियोग्राफी कविराज गहतराजको हो भने सिनेमाटोग्राफी मान कृष्ण महर्जनको हो फूल सारा बेकार छन् जुन तारा बेकार छन् …बोलको यस गीत लाई सुनेर केही लेख्ने […]

Box Office : छक्का पञ्जाको ब्यापार तीन करोड नजिक : परदेशी र ड्रिम्सको रेकर्ड ब्रेक गर्ने संकेत

  • September 14, 2016 10:15 am
  • News FIlmy

फिल्म छक्का पञ्जाले पाँच दिनमा करिब ३ करोडको ब्यापार गरेको छ । न्यूज फिल्मीले निकालेको बक्स अफिश रिपोर्ट अनुसार फिल्मले हिजो मंगलबार सम्म मोफसलबाट १ करोड १४ लाख १६ हजार र राजधानीबाट १ करोड ७० लाख ४४ हजार कूल कारोबार गर्दै २ करोड ८४ लाख ६० हजार  ग्रस कलेक्सन गरेको हो । यो कलेक्सनको दौड  हेर्ने  […]

Excellent : छक्का पञ्जाले शनिबार मात्रै ९१ लाख ६६ हजार कारोबार गर्‍यो

  • September 11, 2016 9:53 am
  • News FIlmy

अनुप भट्टराई (फरक कोण ) दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म छक्का पञ्जाले निकै आक्रमक ब्यापार गरेको छ । पहिलो दिन ३३ लाख ४८ हजारको ओपनिङ कारोबार गरेको फिल्मले दोश्रो दिन हिजो शनिबार करिब ९२ लाख कारोबार गरेको छ । शनिबार राजधानीबाट फिल्मले ५५ लाख ९२ हजार र मोफसलबाट ३५ लाख ७४ हजार ग्रस कारोबार गर्दै ९१ […]