NewsFilmy

Gossip News

होली खेलेर ठूलो दुश्मनी भुल्दै फिटकिरी निर्माता निर्देशक !

  • March 14, 2014 2:17 am
  • News FIlmy

केही महिना अघिको म्यूजिक लन्च कार्यक्रम समापन संगै निर्देशक अनुप बराल र निर्माता अर्जुन कुमारको हानाहान परेको थियो यध्यपी सो खबर थाहाँ पाउने सिमित ब्यक्ति मात्र थिए ।अनुप र अर्जुनको झगडा म्यूजिक लन्च कार्यक्रमको एक कुनामा सो समय भएको थियो । त्यति बेला अर्जुन र अनुपले एक अर्कालाई पिटाउन गुण्डा समेत लगाउने धम्की दिएका थिए । यध्यपी आवेग सेलापछि सो धम्की सोही समय भर मात्र रहन् गयो । निर्देशन समय देखिनै झगडा हुन थालेपछि एक अर्कालाई दुश्मन ठान्ने यी निर्माता र निर्देशकले होलीको छेकोमा सो दुश्मनी भुल्ने प्रयास भने गरेका छन् ।

रिदम हैन रिदान भयो नाम

  • March 12, 2014 10:07 am
  • News FIlmy

तीन महिना पुगेपछि हिरो जीवन लुइँटेलको छोराको तस्बिर बाहिरिएको छ ।’ ब्ल्याक एण्ड ह्वाईट’ सुटिङका लागि मलेसियामा रहेका जीवनले छोराको नाम रिदान राखेका छन् । रिदानको अर्थ मुटुको टुक्रा हुन्छ । उनले गत बर्षको आफ्नो हिट फिल्म रिदमबाटनै छोराको नाम राख्ने योजना बनाएका थिए तर श्रीमती अञ्जलीले रिदान राख्न दबाब दिएपछि उनी पनि सोही नाममा सहमत भएका हुन ।

निश्चल पछि निर्देशक सुर्दशन थापालाई चढ्यो हिरो हुने भुत

  • March 12, 2014 5:34 am
  • News FIlmy

पछिल्लो समय निर्देशक निश्चल बस्नेत पश्चात सुर्दशन थापालाई पनि हिरो हुने भुत चढेको छ । ‘लुट’ निर्देशन पश्चात निश्चलले फिटकिरी र कबड्डी फिल्म खेले अनि सुर्दशनले ‘लम्फू’ । ‘लम्फू’को एक मुख्य अभिनेता सुर्दशन आफ्नो कम्पनीबाट बन्न लागेको नयाँ फिल्ममा समेत हिरोको रुपमा खेल्न लागेको खबर प्राप्त भएको छ । एक नम्बरका निर्देशकहरुको लिष्टमा अटाएका उनी तीन हिरोइनका बीच देखिने एक हिरो हुनेछन् ।

‘झोला’ हिट भएपछि गरिमाको भाउ बढ्यो

  • March 10, 2014 6:31 pm
  • News FIlmy

एक हप्ता अघि मात्र उनलाई एउटा फिल्मबाट अफर आएको थियो तर पारिश्रमिकको बिषयमा कुरा नमिलेपछि उनले सो फिल्म छाडिन् अनि फिल्म यूनिटले पनि अर्के नयाँ हिरोइनलाई उनको स्थानमा अनुबन्ध गर्नुपर्‍यो । सामान्य पारिश्रमिकमा काम गर्दै आएकी हिरोइन गरिमा पन्तले एक्कासी आफ्नो रेट बढाएपछि निर्माता निर्देशकहरु उनीबाट तर्सिएका छन् । फिल्म ब्यापारमा सोचे जस्तो सफलता नदेखिईरहेका बेला चलेका स्टारहरु समेत पारिश्रमिक घटाएर काम गरिरहेको अवस्थामा गरिमाले आफ्नो रेट अचानक परिवर्तन गर्दा उनको बिषयमा फिल्म निर्माण कम्पनीहरुमा बहस पनि हुन थालेका छन् ।

एक फोनमा किन अमेरिका उडे डि.सी. ?

  • March 9, 2014 7:15 pm
  • News FIlmy

स्थान : सिनेजोन स्टुडियो बागबजार । समय साँझ पाँच बजे । टिनिनि टिनिनि…. उनको फोनमा घण्टी बज्यो । त्यसपछि उनको मुहारको एक्सप्रेशन अचानक चेन्ज भयो । यो दृश्य थियो गत बिहिबारको । सायद फिल्म खेल्दा यदि मुस्कुराउनु पर्ने सिन थियो भने निर्देशक दिनेश डि.सी. त्यति खुशी देखिदैनन् थिए होला तर अमेरिकाबाट आएको उक्त कल पश्चात डि.सी.चंगा जस्तो बनेका थिए ।

राज बल्लभको फिल्म हेर्न छोरा सहित रविना !

  • March 7, 2014 11:39 am
  • News FIlmy

हिरो राजबल्ल्भ र बैंकर्स रविना देशराज श्रेष्ठको सम्बन्धको बारेमा धेरै बोल्न जरुरी छैन किन कि राजबल्लभलाई चिन्ने जतिलाई थाँहा नै होला रविना उनको निकै मिल्ने महिला मित्र हुन भनेर । हाल राजबल्लभ अमेरिकामै छन् तर टाढिएको महिनौ भईसक्दा पनि यी दुईको मित्रतामा कुनै परिवर्तन नआएको प्रष्टीएको छ । । जव दुरी बढ्छ निे तव आफ्नो पनको रंङ थप बढ्दै जान्छ सायद यस्तै भएको हुनुपर्छ यी दुईको हकमा ।

‘ऋतु’ प्रिमियरमा ब्यायफ्रेण्ड फोटो खिच्ने मलिना पोज दिने

  • March 7, 2014 2:55 am
  • News FIlmy

प्रेम मिठो थियो । दृश्य हेर्दा प्रिमियर माहोलको एक कुना साच्चै हेर्न लायक थियो । सायद यो फोटो हेर्दा तपाईलाई पनि रमाईलो लाग्ला भन्ने हाम्रो विश्वास छ । डेब्यू फिल्म ‘ऋतु’ प्रिमियरमा मुख्य आकर्षण बनेकी मलिना जोशी फोटो पत्रकारहरु भन्दा पनि ब्यायफ्रेण्डको मोबाईलमा पोज दिन ब्यस्त थिईन् । प्रिमियर माहोलको एक कुनामा मोडल अनुप बिक्रम शाहीले मोबाईलको शाहारामा मलिनाको फोटो खिचेको हामीलाई एक्सक्लुसिभ रुपमा प्राप्त भएको हो ।

भित्री कथा : सम्बन्ध सुधार गर्न मलिनाका लागि प्रिमियर शो गरिदै

  • March 5, 2014 7:42 am
  • News FIlmy

ति जति रिलिज मिति नजिकिदै छ त्यति त्यति मलिना र ‘ऋतु’का मेकरबीच सम्बन्ध पातलिदै छ । सम्बन्ध पातलिनुमा प्रमुख कारण बनेका थिए मलिनाका ब्यायफ्रेण्ड अनुप बिक्रम शाही । सुपर हिरोको कथामा बनेको नेपाली फिल्म ‘सौर्य’का हिरो अनुप र मलिना केही महिना देखि रिलेशनमा छन् । उनीहरुको सम्बन्ध केबल सम्बन्ध हो वा शुद्ध प्रेम त्यो भबिष्यले देखाउला तर अनुपसंगको सम्बन्धको खबर सार्वजनिक हुँदा ‘ऋतु’का लगानीकर्ता मलिना संग रुष्ठ हुन पुगेका थिए ।

नोभेम्बर रेन नयाँ गीत साथमा तोरी लाहुरे आईटम

  • March 4, 2014 10:16 am
  • News FIlmy

आउने हप्ता रिलिज हुने फिल्म ‘तोरी लाहुरे’को आईटम नम्बरको गीत र चैत्र १४ देखि देशब्यापी रिलिज हुने नोेभेम्बर रेनको नयाँ गीत बजारमा आएको छ । त्रिपक्ष लभस्टोरीमा आधारित नोभेम्बर रेनमा आर्यन सिग्देल नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । तोरी लाहुरेमा चाहि सुवास थापा,गजित बिष्ट, रोहित रुम्बा, अशिष्मा नकर्मी एवं समुना के.सी प्रमुख रोलमा छन् ।

‘ऋतु’लाई सेन्सर बोर्डबाट यूनिर्भसल

  • March 4, 2014 4:34 am
  • News FIlmy

मिका सिंह लाईभ कन्सर्ट माहोलमा न्यूज फिल्मीले राउन्ड लगाउदा एक समयका सुपरस्टार रमेश उप्रेतीका भाई एवं हिरो दिवस उप्रेती एक युवतीका साथ देखिएका थिए । उनलाई न्यूज फिल्मीले प्रश्न गर्यो साथी भनौ वा हुने वाला म्याडम ? उनले हत्तपत्त रेडिमेड जवाफ दिदै भने ‘साथी मात्र भन्नु पर्ला ।’