NewsFilmy

Gossip News

हिरोको भ्यालु कति ?

  • March 31, 2014 7:58 am
  • News FIlmy

फिल्म रिलिज सन्दर्भ अनि सोही संग सम्बन्धीत म्यूजिक लन्च कार्यक्रममा हिरो सबिन श्रेष्ठको भ्यालु निर्माण पक्षले नदेखाउदा प्रश्न चिन्हहरु जन्मिएका छन् । सबिनको आईतबार बर्थडे परेको थियो जुन दिन उनी मुख्य भूमिकामा रहेको दमदारको म्युजिक लन्च समारोह पनि थियो ।उक्त समारोहमा सविनको नाममा केक काटिन्छ कि भनेर सञ्चरकर्मीहरुको अनुमान थियो तर खै के भन्ने फिल्मको मुख्य हिरोको जन्मदिनका दिन निर्माण पक्षले यस कुरामा ध्यान नदिईएको देखियो ।

फिल्म फ्लप भएको झोकमा अमेरिका पसे निर्देशक

  • March 25, 2014 4:37 pm
  • News FIlmy

छवि राज ओझाको ब्यानरमा डेब्यू गरेका निर्देशक आदित्य विक्रम लम्साल तनावलाई बिर्सन अमेरिका पसेका छन् । पहिलो फिल्मबाट नसोचेको असफलता पाएपछि उनी पिडा भुलाउन अमेरिका पसेको श्रोत बताउछ । उनी सोमबार राति ११ बजे अमेरिकाका लागि उडेका थिए । पाँच बर्षे भिसा पाएका आदित्यले यो अवधीमा फिल्म निर्देशन विद्यालाई थप अध्ययन गरेर नेपाल फर्किने बुझिएको छ ।

Exclusive : ट्राफिकको फन्दामा राजेश हमाल/गल्ती गर्दापनि कारबाही भएन उनलाई

  • March 24, 2014 4:50 pm
  • News FIlmy

सर्वसाधारणलाई कानुन पालना गराउन एक ईन्च पनि पछि नहट्ने ट्राफिक प्रहरीले राजेश हमाललाई भने छुट् दिएका छन् । आँखा सामुन्ने नेपालका टप सेलिब्रेटी देखेपछि आत्तिएर ट्राफिक प्रहरीले हमाललाई कारबाही गर्न नसकेका हुन । आफू अभिनित फिल्म ‘हँसिया’को म्यूजिक लन्च समारोहमा निकै ढिला पुग्दा हमाल ट्राफिकको फान्दामा केही बेर अलमलिएका थिए । ड्राईभर नराख्ने हमालका सहयोगी दीपेन्द्र महतोले पनि गाडी चलाउदैनन् त्यसैले आफ्नो गाडी आफै हाक्न रुचाउने हमालले ड्राईभर नराख्दा आईतबार साँझ ट्राफिकबाट तनाव झेल्नु परेको हो ।

धुर्मुसले यस्तो राखे छोरीको नाम

  • March 24, 2014 7:40 am
  • News FIlmy

सोमबार एघार दिनमा गरिएको न्वारन पश्चात धुर्मुसको छोरीका नाम ‘डो’ अक्षरबाट राखिएको छ । पण्डितले ‘डो’ बाट उच्चारण हुने अक्षर दिएपछि धुर्मुसले आजैदेखि सुन्तलीलाई डोनिशा कि आमा भनेर बोलाउन पनि थालेका छन् । दश दिन अघि धुर्मुस पहिलो पटक बाबु बनेका हुन ।उनका साथी सर्कलबाट छोरीको नाम सञ्जना अर्थात धुर्मुसको बास्तविक नामको पहिलो अक्षर सितारामको ‘स’ र सुन्तलीको कुञ्जनाबाट ‘कु’ हटाएर जोडिन आउने अक्षर संयोजन गर्दै उक्त नाम राख्ने सुझाव आए पनि धुर्मुस सो नाममा सहमत भएनन् ।

Exclusive : क्रिकेटर शरद भेस्वाकर र निशा अधिकारीको निकट्ता बढ्यो /’फिटकिरी’ हेर्न हलमा संगसंगै देखिए

  • March 23, 2014 3:42 pm
  • News FIlmy

बलिउडमा मात्र हैन हाम्रो ईन्डष्ट्रीमा पनि क्रिकेटर र हिरोइनको सम्बन्धले घनिष्टता लिन थालेको छ । हिरोइन निशा अधिकारी र क्रिकेटर शरद भेस्वाकर आज साँझ कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा फिल्म हेर्न पुगेका थिए ।फुडकोर्टमा क्यापुसिनो र क्याफेल्यातीको चुईस्की लिए लगत्तै उनीहरु ‘फिटकिरी’ फिल्म हेर्न हलमा छिरेका थिए ।

विवादका श्रृङखला बढ्दै गए

  • March 18, 2014 5:45 am
  • News FIlmy

यस पटक घटना उल्टो तरिकाले घटेको छ । विवाद सृजना हुदा कलाकार र निर्देशकले फिल्म छाडिरहेका खबर बाहिरिरहेका बेला आज भने एक फिल्मका मुख्य प्रोड्यूसरनै आउट भएको खबर हामी सार्वजनिक गर्दैछौ । लक्ष्मण सुवेदीलाई लिएर ‘एउटा साथी’ निर्माण गरेका निर्देशक शोभित बस्नेतले फिल्मलाई पुरा गर्न नसकेपछि उनलाई को प्रोड्यूसर सहित निर्देशक एवं कलाकारको टिमले निस्कासन गरेको हो ।

हराई रहेको प्लेन जस्तो श्याम रेखा कहाँनी

  • March 17, 2014 10:06 am
  • News FIlmy

निर्देशक श्याम भट्टराईको उजुरी सम्बन्धमा बसेको निर्देशक समाजको आजको बैठकले विवादको अध्ययन गर्न न्यायिक समितिलाई जिम्मेवारी दिएको छ । सुचित्रा श्रेष्ठको नेतृत्वमा रहेको न्यायिक समितिले तीन दिन भित्र घटनाबारे तथ्यगत अध्ययन गर्दै यथेष्ट धारणा सार्वजनिक गर्ने निर्णय भएको न्यायिक समितिका सदस्य समेत रहेका कोषाध्यक्ष सुमन दाहालले जानकारी दिएका छन् । समितिमा उनी सहित योगेश घिमिरे, ऋषि लामिछाने र गोपाल चन्द्र लामिछाने छन् ।

हिरोइनको पिडुला देखि कहाँ सम्म आधी बाटो ?

  • March 16, 2014 3:45 pm
  • News FIlmy

जेनिशा के.सी.ले पहिलो पटक प्रतिष्ठीत मेकरहरुसंग काम गर्ने मौका पाईन त्यसैले हुन सक्छ ‘आधी बाटो ‘ सफलताका लागि पब्लिीसिटीको नयाँ फण्डामा उनी यसरी देखिएकी हुन । ‘हामी तीन भाई’ जस्तो बल्कबष्टर फिल्म बनाएका रमेश त्वयानाको नयाँ फिल्म ‘आधी बाटो’बाट उनी हिट नम्बरकी हिरोइन हुने दाऊमा छिन् त्यसैले उनले ‘आधी बाटो’को सफलतालाई लिएर पब्लिीसिटीका लागि यो नयाँ कदम रोजेको प्रष्टिन्छ । । कुनै समय बिराज भट्टको प्रिय साथी रहेकी उनी यो समय प्रोड्यूसर त्वयानासंगको निकटताको बिषयले पनि गसिप पात्र बनिरहेकी छिन् ।

ग्रिन कार्ड प्रोसेस फेल भएपछि नेपाल फर्किएकी हुन गौरी

  • March 14, 2014 1:06 pm
  • News FIlmy

चार बर्षको अमेरिका बसाईका क्रममा ग्रिन कार्ड प्रोसेस सफल नभएपछि गौरी मल्ल अन्तत: नेपाल फर्किएकी छिन् । उनी अपरान्ह साढे तीन बजे नेपाल ल्याण्ड भएकी हुन । अमेरिका नफर्किने सोच सहित उनले आफ्नो अत्यावश्क सम्पूर्ण सामग्री समेत आफैसंग लिएर आएकी छिन् । उनी अभिनेता रमेश उप्रेतीसंगै नेपाल आएकी हुन । रमेशको नेपाल यात्रा केही लामो हुने छ भने गौरी अब नेपाली फिल्म नगरीमै बाँकी जिवन बिताउने निर्णय सहित स्वदेश फर्किएकी हुन ।

आरोप प्रत्यारोप तीब्र भयो / रेखा भन्छिन् : ‘निर्देशकलाई दुई लात हानेर निकालेको हुँ’

  • March 14, 2014 7:59 am
  • News FIlmy

“सुटिङ्गमा मन लगाएर काम नगर्ने, मैले थाहा नपाई जुनियर आर्टिष्टहरुसँग पैसा खाने, फिल्मको अडिसन लिने बहानामा स्थानिय युवतीहरुप्रति गलत नजर राख्ने, राती सधै रक्सी खाएर आउने लगायत धेरै समस्याहरु उहाँमा देखेकाले गर्दा निकाल्नुपरेको हो” निकै कडा स्वरमा उनीले भनिन् “त्यस्ता मान्छेबाट के अपेक्षा गर्ने ? त्यही भएर मैले सुटिङ्ग स्थलबाटै दुई लात हानेर निकालेकी हुँ ।”