NewsFilmy

Feature News

आमा कथा : आमा सम्झिन फोटो पनि छैन् दीपकराज गिरीसंग

  • April 29, 2014 7:16 am
  • News FIlmy

भनिन्छ, बच्चाको आमा न वित्नु र बृद्धको श्रीमती । तर दीपकराज गिरीको हकमा भने भगवानले धोका दिए । उनी चार बर्षको छदा आफ्नी आमालाई गुमाउनु पर्‍यो । आमा सरस्वती जसको यादका लागि उनीसंग हेर्ने तस्बिर पनि छैन् । ‘म जन्मिए, त्यस पछि बहिनी जन्मिई अनि भाई जन्मिने बेलामा आमालाई जन्डिस भएपछि भाई जन्मिएको भोली पल्टै आमाको निधन भएको थियो । मलाई यति मात्र थाहाँ छ कि आमालाई उलिन (बेहुली बोक्ने काठको डोली) मा राखेर हस्पिटल लगेको र आमाको निधन भएपछि सबैजना रोएको । आमा त वित्नु भयो जन्डिस लागेका बेला जन्मिएको मेरो भाई पनि १३ बर्षको उमेरमा दुर्घटनामा परी हामीलाई छाडेर गयो ।

स्टोरी पढ्नुस् तपाईको आँखा रसाउन सक्छ

  • April 15, 2014 1:42 pm
  • News FIlmy

रेखा थापालाई बिहे गर्नुअघि गीताञ्जलीपट्टीको छोरा मसँगै थियो । रेखाकै लागि छोरा सेक्रिफाइस गरेँ । भोलिका दिनमा रेखालाई डिस्टर्ब नहोस् र उसलाई पनि आमाको कमी होला भनेर गीताञ्जलीकी दिदीलाई धर्मपुत्र बनाउन दिएँ । चारखाल अड्डामा लगेर पास नै गरिदिएँ । अनि मात्र रेखालाई बिहे गरेको हुँ । बिहेलगत्तै रेखालाई एउटा बच्चा जन्माऔँ भनेको थिएँ । तिमीसँगै बच्चा पनि हुर्कँदै जान्छ, पछि तिमीलाई टेन्सन पनि हुँदैन भनेर सम्झाएँ, तर मानिनन् । धेरैपटक छलफल भयो, उनले मान्दै मानिनन् ।

फ्रेण्डसिप गहिरो हुँदा बाथरुम सम्म संगै पुगे आर्यन र नम्रता ! साथमा विग्रिएको भनिएको ब्यायफ्रेण्ड घलेसंगको सम्बन्धको नयाँ कथा पनि

  • April 8, 2014 3:57 pm
  • News FIlmy

सम्बन्धमा शंका गर्ने ठाँउ देखिएको छैन् तर पनि फ्रेण्डसिपले गहिरो रुप लिदा हिरोइन नम्रता श्रेष्ठलाई लिएर बाथरुम सम्म पुगेपछी आर्यन र नम्रताको बिषयमा ठूलै गसिप सृजना भयो । ‘नोभेम्बर रेन’को रिलिज सन्दर्भसंगै आयोजित म्युजिक लन्च समारोह चलिरहदा अचानक भमिट हुन खोजेपछि बाथरुम सम्म पुग्न नम्रतालेसंगै रहेका आर्यनको साहयता लिएकी थिईन् । कसैलाई पत्तो नदिई ड्यासबाट जुरुक्क उठेर दुबै जना गायब हुँदा आर्यन र नम्रता कता हराए भन्ने बिषयले गसिप बुनेको थियो ।

पढ्नुस् : छोरीको बाबु बनेका धुर्मुसको रियल लाईफ लभस्टोरी

  • March 15, 2014 5:14 am
  • News FIlmy

बिबाहको पाँच बर्षपछि धुर्मुसले शुक्रबार सन्तान सुख प्राप्त गरे । धुर्मुसले सुख त जीवनमा धेरैपटक अनुभूती गरे तर सन्तान सुख जस्तो मिठो सुखको अनुभूति सायद अब अरु सुखले नदेला उनलाई । दोश्रो हरिबंश आचार्यको उपमाबाट समेत चिनिन थालेका धुर्मुस कुनै समय प्रोडक्सन म्यानेजर भएर टेलिफिल्ममा काम गर्दथे तर आजको मिति सम्म आईपुग्दा उनी सिरियलमा सर्वाधिक रुचाईने अनुहार मध्येका एक चर्चित सेलिब्रेटी हुन पुगेका छन् । पहिलो पटकको भेटाईमै सुन्तली (कुञ्जना घिमिरे) संग आकर्षित बनेका धुर्मुसको लभस्टोरी पढ्नुहोस विशाल राईको शब्दमा ।

फिल्म हिट भएपछि सम्बन्ध सुर्धिन थाल्यो

  • January 11, 2014 8:25 am
  • अनुप भट्टराई ( फरक कोण)

हो महिनौ देखि निर्देशक दिनेश डि.सी एकातिर र प्रोडक्सन टिम अर्कोतिर थिए अनि बिचमा थिईन नीता ढुङगाना । फिल्मको स्टोरी जस्तो छ त्यस्तै कहानी ६ एकान ६ भित्र पनि घटेको थियो ।

Exclusive : मधु महानायकको सातौं नम्बरकी गर्लफ्रेण्ड

  • January 7, 2014 11:15 am
  • अनुप भट्टराई (फरक कोण )

महानायक राजेश हमाललाई मन पराउने लाखौ छन् अनि जुनी काट्न खोज्ने हजारौ छन् । तर उनले कति जनासंग जिवन काट्ने चाहाना बनाए त्यो पक्कै पनि चासोको बिषय हुन सक्छ तपाईलाई । जिवनकालमै पहिलो प्रेम आफूभन्दा सिनियर एक भारतीय युवतीसंग भएको हो भन्न नडराउने महानायकको जिवनमा कति स्त्रीको प्रवेश भयो त्यो आज हामी खोल्दैछौ । हमालले आफूले चाहेर अहिले सम्म सात स्त्रीहरुसंग सम्बन्ध बनाएका छन् जसको अन्तिम श्रृङखलामा मधु भट्टराई पर्छिन् ।