‘परस्त्री’को शुभमूहूर्त सँगै सुटिङ सुरु : रिलिज मिति पनि घोषणा

  • March 15, 2022 1:31 pm
  • News FIlmy

para stri

सुरज पाण्डेको डेव्यु निर्देशन रहने फिल्म ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु भएको जानकारी दिइयो । फिल्मको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको छ ।

लेखक तथा निर्माता दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा सिन खिच्ने गरी तयार भएको बताए । मुस्ताङमा १० दिनसम्मको गीतको छायांकन गरिनेछ । भने, बाँकी ३० दिन काठमाडौं छायांकन सेड्युल राखिएको छ ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने यस फिल्मको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मलाई आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज गरिने घोषणा गरिएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने यस फिल्मलाई शर्मिला पाण्डे ले निर्माण गर्नेछिन् जो निर्देशक सुरज पाण्डेकी आमा हुन ।

यस फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहनेछ । । फिल्मलाई निरज पाण्डेले खिच्ने छन् । निर्देशक पाण्डेले आफु र आफ्नो टिमले लामो समयदेखि यस फिल्मको प्रि(प्रोडक्सनको राम्रो तयारी गरेकाले पनि राम्रो फिल्म बनाउँने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*