अदितीको बाबरी भाद्र ३१ गतेबाट रिलिज हुने

  • March 12, 2022 7:58 am
  • News FIlmy

aditi budhathoki

सुरेन्द्र पौडेल निर्देशित फिल्म बाबरीको रिलिज मिति घोषणा गरिएको । धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको फिल्ममा आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।

फिल्मको सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । फिल्ममा अदिति विजेता, धिरज मगर बिक्रान्त र धिरज नाडकर रोनिश बनेका छन् । बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा कथा निर्देशक पौडेलले नै लेखका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छन् ।

क्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा सिनेमाको छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*