फिल्म प्रमोशनको गज्जवको काईदा : म यस्तो गीत गाउँछु-२ लाई होला त फाईदा ?

  • February 18, 2022 9:37 am
  • News FIlmy

‘मैले फाईदा भन्दा पनि एउटा नयाँ ट्रेन्ड सेटअप गर्न खोजेको मात्र हुँ । किन कि प्रोडक्ट राम्रो भएमा स्वत प्रोजेक्टमा फाईदा भैहाल्छनि ।’

यहि फाल्गुन १३ गते देखि रिलिज हुँन लागेको फिल्म म यस्तो गीत गाउँछु -२ का निर्देशक सुर्दशन थापालाई हामीले विविध प्रश्न गर्दा यस्तो उत्तर दिएका हुन । हालै मात्र फिल्म प्रोमोशनका लागि निकालिएको थारु भाषा र नेपाल भाषाको प्रमोशन्ल गीतले बजारमा चर्चा बटुलेसँगै यसो गर्नुको फाईदा के–के होला भनेर प्रश्न गर्दा उनको जवाफ त्यस्तो आएको हो ।


‘चितवन स्थित थारु समुदायका स्थानिय कलाकारहरुलाई लिएर बनाएको थारु गीत ले फिल्मको प्रोमोशनमा केही सहयोग त अवश्य गर्ला तर पछाडीका अन्य विविध फाईदा धेरै रहेको पनि निर्देशक थापा बताउँछन् ।’ केन्द्रले मोफसललाई कहिलै समेट्न सकेन त्यसैले त हाम्रो बजार पनि कमजोर बन्दै गईरहको छ । त्यस माथि समुदाय लक्षित कन्टेन्ट र त्यसको प्रेजेन्टेशनमा पनि ठूला मेकरहरुले कहिले ध्यान नदिदा नेपाली फिल्म प्रतिको आकर्षण घट्दै गईरहेको हो । उनको थप भनाई छ ।


एउटै संगीत र शब्दमा तयार नेपाल भाषाको प्रमोश्नल गीत नेवारी समुदाय लक्षित छ भने थारु भाषाको गीतले समग्र थरुहट सोसाईटी सँगै मैथली, भोजपुरी, र हिन्दी भाषा मनपराउँने दर्शकहरुको समेत ध्यान खिचिरहेको छ अहिले ।


नेवारी भाषा भन्दा पनि थारु गीतको प्रेजेनटेशनलाई धेरै जसो दर्शक र मेकरहरुलेरुचाईएको पाईएको छ । पशुपति प्रसाद जस्तो उत्कृष्ट फिल्म बनाईसकेका निर्देशक दीपेन्द्र के खनालले ‘चलचित्र प्रमोशनको नयाँ तरिका राम्रो लाग्यो’ भन्दै म यस्तो गीत गाउँछु -२ को थारु गीत आफ्नो फेसबुकको टाईमलाईनमा शेयर गरेका छन् । उता हत्त पत्त कसैको तारिफ नगर्ने प्रेम गीत -३ का निर्देशक एवं निर्माता सन्तोष सेनले पनि सुर्दशनको शैलीलाई तारिफ गर्दै ‘वास्तविक जीवनमा रोमान्टिक कम् भएपनी पर्दाको लागी दाम्मी रोमान्टिक सिनेमा बनाउन खप्पिस् दोस्त सुदर्शनजीको यो तरिका बबाल । फागुन १३ मा हल हल मा बबाल’ भनेर शेयर गरेका छन् ।


नेपाली फिल्म उद्योगमा सम्भवत पहिलो पटक यस्तो प्रकृतिमा प्रोमोश्नल गीत तयार गरिएको हो । यि गीत बनाउँन पहिलो पटक स्थानिय सरकारले पनि भरपुर सहयोग गर्दै नेपाली फिल्मको विकासमा आफ्नो सहभागिता जनाएको छ ।

तर बुझनु पर्ने र ध्यान दिनुपर्ने कुरा चाँहि के छ भने यसरी नयाँ शैली अपनाएर गीत बनाउँदा यस्ता गीतले स्वयम फिल्मलाई मात्र फाईदा दिदैन । स्थानिय कलाकार, प्राविधिकहरुको अगाडी बढाउँन मद्धत गर्नुका साथ कलाकारिता संगै कल्चर एक्सचेन्जको पनि मौका दिलाउँछ । तसर्थ म यस्तो गीत गाउँछु २ ले अपनाएको यो शैलीलाई चलचित्र बिकास बोर्ड, निर्माता संघ, निर्देशक समाज , नृत्यकार संघ जस्ता संघसंस्थाले अन्य मेकरहरुलाई आफ्नै तरिकाले यो शैली अपनाउँन प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*