मलाई फर्किन मन छ जिवनको त्यहि गोरेटोमा
जहाँ मेरी आमाको अनुहारमा बसन्ती आभा टल्किन्थ्यो,
मुस्कानमा ईन्द्रेणी लावा तैरन्थ्यो ।
सिनियर सञ्चारकर्मी रमण घिमिरेका शब्दहरुले भने झै अब चाहेर पनि आर्जुन घिमिरे पाँडेले आमाको अनुहारमा फैलिएको बसन्ती आभा कहिलै देख्न पाउँने छैनन । मुस्कानमा झल्किने ईन्द«ेणीका लावा कहिलै महसुश गर्न पाउँने पाउँने छैन । किन कि यो समय संसारनै गुमाए जस्तो भएको छ तपाई हाम्रा लोकप्रिय कलाकार अर्जुन घिमिरे पाँडेलाई ।
किन कि निकै लोकप्रिय हाँस सिरियल सक्किगोनीका कलाकार अर्जुन घिमिरेले गए राति आफ्नी आमालाई गुमाएका छन् यतिखेर । ६८ बर्षीया आफ्नी आमा विमलाको शुक्रबार बिहान २ बजे ग्रिनसिटी अस्पतालमा निधन भएसँगै पाँडे आमा विहिन बनेका हुन ।
९ महिना अगाडि मस्तिस्कघात भएपछि पाँडेकी आमाबिमलाको ग्रिनसिटी हस्पिटलमा उपचार हुँदै थियो तर दैवको लिला आमा बचाउँन जिन्दगीभर कमाएको सवै पैसा झण्डै एक करोड रुपैयाँ उपचारमा खर्च गर्दा पनि पाँडेले आफ्नी आमालाई बचाउँन सकेनन ।
आमा गुमाएपछि शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम दर्शन गर्दै पाँडे भावव्यहोल भएका थिए । उनलाई यो शोकको घडीमा साथ दिन सक्किगोनी सिरियलका प्राय सवै कलाकार आर्यटमा पुगेका थिए ।
निकै लोकप्रिय बन्दै गई रहेको सिरियल सक्किगोनीमा पावरफूल फर्फमेन्स दिएर दर्शकको मन जितेका पाँडेको शोकको घडीमा परेपछि अबको केही साता उनी उक्त कार्यक्रममा देखिने पनि छैनन ।