फाल्गुन १३ तपाईको घर नेर : आउँने भयो पल र पूजाको फिल्म

  • February 8, 2022 1:31 pm
  • News FIlmy

Paul Shah and Pooja Sharma

अन्तत : कोभिडको कारण २ बर्षदेखि रोकिएको फिल्म ‘म यस्तो गीत गाउँछु -२’ को फाईनल रिलिज डेट अनाउन्स भएको छ ।

केही बेर अघि उक्त फिल्मका निर्देशक सुर्दशन थापाले फेसबुक टाइमलाइन मार्फत आउँदो फाल्गुन १३ गते भन्दै रिलिज डेट सार्वजनिक गरेका हुन । पछिल्लो समय युवा दर्शकले निकै मन पराएका कलाकार पूजा शर्मा र पल शाह लिड रोलमा रहेका यस फिल्मको प्रिक्योलले घरेलु बक्स अफिसमा निकै राम्रो कारोबार गरेको थियो ।


डिजिटल राईटस र ओभरिसज राईटस छाडेर नेपाली थिएटर तर्फको बहिखाता पल्टाएर हेर्ने हो भने पनि प्रिक्वेल म यस्तो गीत गाउँछुले अल नेपाल ५ करोड ५५ लाख जतिको ग्रस कारोबार गरेको थियो । जसको प्रोड्यूसर शेयर मात्र २ करोडको हाराहारीमा हुन्छ । प्रिक्योलको गीत संगीत पनि त्यतिकै बल्कबस्टर भएका कारण डिजिटल प्लेटफर्ममा यस ब्रान्डको चर्चा निकै थियो उति बेला ।


तसर्थ कोभिडका कारण पटक पटक रिलिज डेट रोक्न बाध्य भएको यो सिक्वेलले फाल्गुन १३ गते धमाका मचाउने निश्चित छ भन्दा फरक नपर्ला । किन कि यो फिल्म पल र पूजाको कारण मात्र चर्चित छैन । सार्वजनिक भईसकेका बल्कबष्टर गीत र ट्रेलरका कारण मात्रले पनि प्रतिक्षित हैन । यस फिल्मको क्याप्टेन , पारसमणी निर्देशक सुर्दशन थापाले सधै झै देखाउँने उत्कृष्टताका कारण सार्वधिक प्रतिक्षित छ म यस्तो गीत गाउँछु २ । फाल्गुन १३ तपाईको घर नेर

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

निश्चल पछि निर्देशक सुर्दशन थापालाई चढ्यो हिरो हुने भुत