आज हुन सकेन चम्सुरीको किड्नी ट्रान्सप्लान्ट

  • February 8, 2022 12:39 pm
  • News FIlmy

अनुप भट्टराई

महिनौ देखि कुरि बसेको आजको डेटमा पनि चम्सुरीले किड्नी ट्रान्सप्लान्ट गर्न पाईनन् ।

चम्सुरीले दिएको जानकारी अनुसार कोभिडको थर्ड भेरियन्टको कारण जनाउँदै टिचिङ हस्पिटलले उनी सहित अन्य सवै प्यासेन्टको ट्रान्सप्लान्ट केही समयका लागि रोकेको हो । ‘कोभिडका कारण सवै तयारी रोकियो शायद अबको तीन हप्ता पछि मात्र मैले किड्नी पाउँछु होला । ‘ न्यूज फिल्मीसँग कुरा गर्दै चम्सुरी उपनामले चिनिने लोकप्रिय कलाकार पल्पसा ढंगोलको भनाई छ ।

झन्डै ८ महिना अघि शरिरका दुवै किड्नी फेल भएपछि पल्पसाले आफ्ना दर्शकसँग नयाँ जिवन प्राप्तीको आशिर्वाद मागेकी थिईन । सोही अनुरुप परिवारका एक भाई पर्ने सदस्यले उनलाई एउटा किड्नी दिने निर्णय गरेसँगै पल्पसाको खुशी फर्किएको थियो ।


हप्तामा तीन पटक डायलसिस गर्दै नव जिवन पाउँने आसमा उनी आजकाल कीर्तिपुर पागाँ स्थित माईती घर , बालाजु स्थित आफ्नै घर र हस्पिटल आउजाउ गर्दै दैनिकी कटाईरहेकी छिन् ।

यो बाहेक उनले केही समय आफ्नो ब्रान्ड ईन्डोर्स गरेको टेलिफिल्म मेरै बाँस्सैमा पनि केही भाग खेलेर दर्शकको मन थप जितेकी थिईन ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*