राज र बर्षाको पुर्नमिलन : टेरिस रिसोर्टमा डेटिङ

  • January 31, 2022 9:09 am
  • News FIlmy

Raj Katuwal And barsha shiwakoti


यो माया भन्ने चिज यस्तै हो । त्यसैले त होला धेरै बर्ष पहिले आर.जे सविना कार्कीले चलाएको रेडियो कार्यक्रमको निरन्तरता अझै छ यो देशमा । केही समयको रेडियो ब्रेक पश्चात यतिखेर उनी फेरी सोसल साईटहरुमा पोडकाष्ट गरिरहेछिन् उही पूरानो , एभरग्रिन हिट सो ‘यो माया भन्ने चिज यस्तै हो । ‘

र त्यस्तै भईदिएको छ अभिनेत्री बर्षा शिवाकोटी र अभिनेता राज कटुवालको प्रेम सम्बन्धमा पनि । केही महिना निकै राम्ररी प्रेम सम्बन्ध निभाएका यि दुईको जिवनमा अचानक कालो छाया लाग्दा राज र बर्षाको प्रेममा खग्रास ग्रहणनै लागेको भनेर चर्चा चुलियो । तर जसरी ग्रहण निश्चित समय पछि हट्दछ त्यस्तै गरी यि दुईको प्रेम सम्बन्धमा पुर्नमिलन भईदिएको खबर हामीले पाएको छौ यतिखेर ।

करिब एक महिना ईन्ष्टा अकाउन्टबाट एक अर्कालाई अनफलो समेत गरेका बर्षा र राज यति खेर दुवैका फलोअर मात्र भएका छैनन उनीहरुले काठमाण्डौ स्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट १६ किलो मिटरको दुरीमा पर्ने लाँकुरी भन्ज्याङमा रहेको ‘द टेरिस रिसोर्ट एण्ड स्पा’ मा पुगेर डेटिङ गर्न समेत भ्याईसकेका छन् ।

उक्त डेटिङमा उनीहरुले छुट्टा-छुट्टै फोटो पनि खिचे । तर अलग अलग पोष्टाए , जुन तस्बिरलाई ट्याली गर्दा हामीले यि दुई मिलेको र भेटेको पत्ता पाईहाल्यौ । नपत्याए तपाई पनि जुधाउनुस माथिका तस्बिरहरुलाई ।

लाँकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको ठाउँ हो। भन्ज्याङ पुग्न लगनखेल बस पार्कबाट चाँहि लुभु-पनौती जाने गाडी चढ्न सकिन्छ। लगनखेलबाट लुभु ७ किलोमिटर अनि लुभुबाट साढे ५ किलोमिटर गरी जम्मा साढे १२ किलोमिटरमा लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ। उपत्यकाको धेरै नजिक पर्ने यो पिकनिक स्थल धेरै उचाइमा रहेकाले यहाँबाट उत्तरतिरका हिमश्रृंखलाहरू प्रत्यक्ष रूपमा हेर्न सकिने ठाँउ हो जहाँ बर्षा र राजले पुर्नमिलन गरेका हुन ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*