चपली हाईटको रिभ्यू राम्रो तर रेभिन्यू नराम्रो

  • January 15, 2022 12:01 pm
  • News FIlmy

नखाउँ भने दिन भरिको सिकार खाउँ भने कान्छा बाको अनुहार भने झै गरी पटक- पटक रिलिज डेट हेरफेर भएर बल्ल तल्ल प्रर्दशनमा आएको फिल्म चपली हाईट-३ को रिभ्यू राम्रो आएको छ तर रेभिन्यू कलेक्सन भने कमजोर भईदिएको छ ।


निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माणमा बनेको यस फिल्मले स्टोरी लाईन, आर्टिष्ट पर्फमेन्स तथा टेक्निकल पार्ट सवै पक्षमा तारिफ पाईरहेका बेला बक्स अफिसमा कलेक्सनको पाटोमा भने कोभिडको तेश्रो लहरको मार पर्न गएको छ ।

केही ठूला मिडियाहाउबाट आएको रिभ्यू लाई नियाल्ने हो भने नेपाली फिल्म नगरीमा एउटा अर्को सस्पेन्स थ्रिलरको हेर्न लायक फिल्म बनेको छ चपली हाईट ३ ।


कान्तिपुर दैनिककी क्रिटिक्स रिना मोक्तानले लेखेको रिभ्यू अनुसार ‘यस फिल्ममा कति कुरा पहिल्यै नै अनुमान गर्न सकिने भए पनि सस्पेन्स र थ्रिलरले १ घण्टा ४६ मिनेटसम्म दर्शकलाई फिल्मले बाँधेर राख्छ । यसअर्थमा निर्देशक निकेश खड्काको निर्देशनलाई ुवाहु भन्न नसके पनि नराम्रो भनिहाल्न सकिँदैन । ‘


यसैगरी नेपाल समयका क्रिटिक्स अनिल यादवको समीक्षा अनुसार ‘प्राविधिक पक्षमा फिल्म अब्बल देखिन्छ। दर्शकमा भाव छरेर थ्रिलर मुभीमा साउन्ड र सर्टहरुले पनि कहीँ न कहीँ पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छन्। यो फिल्ममा पुरुषोत्तम प्रधानले चलाएको क्यामेराका सर्ट र उत्तम न्यौपानेले सिर्जेको साउन्डले दर्शकमा धेरैपटक डर पैदा गर्न सहयोग पुर्‍याएको छ’ भनी फिल्मको समीक्षा भईदिएको छ ।

हिजो देखि प्रर्दशनमा आएको चपली हाईट ३ मा स्वस्तिमा खड्का , सुपुष्पा भट्ट , आमिर गौतम, अर्पण थापा, प्रतिकमान सिंह श्रेष्ठ, तथा नव कलाकारमा महेश त्रिपाठीको प्रस्तुती निकै अब्बल रहेको चर्चा छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*