लामो समयको प्रतिक्षा पश्चात अनमोल केसी तथा सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर-४’ को टिजर सार्वजनिक भएको छ ।
कोभिड महामारिको पहिलो चरण अघिनै प्रोडक्सनमा गएर तयार भएको यो चौथो सिक्वेल आउँदो नयाँ बर्ष २०७९ साल बैशाख १ गते रिलिज हुँदैछ । छोरी सुहाना थापा र अनमोल केसीलाई लिड रोलमा राखेर अभिनेत्री झरना थापाले यस सिक्वेलको निर्देशन गरेकी हुन । फिल्मका निर्माता चाँहि उनका पति सुनिल कुमार थापा हुन जो ईन्डष्ट्रीकी नयाँ सुपरस्टार सुहनाका प्रिय पिता हुन ।
झरनाले यस अघि पनि यहि कल साईनका दुई प्रोजेक्ट ए मेरो हजुर -२ र ३ को अब्बल निर्देशन गरेकी थिईन । यि दुवै फिल्मले घरेलु बक्स अफिसमा धमाकेदार कलेक्सन गरेको थियो ।
अब, जाउँ टिजर विश्लेषण तर्फ : एउटा राम्रो , अब्बल मेकरका रुपमा झरना थापाले आफूलाई प्रुभ्ड गरिसकेको अवस्थामा यो टिजरमा उनको शैली अझ माझिएको प्रष्टिन्छ । बिहानीको झुल्के घामले पूरा दिनको झल्को देखाउँछ भनेझै टिजरमा देखिएको मनोरम दृश्य, कलाकारको लुक्स र समग्र टिजर कटिङको सेटिङ हेर्दा यो फिल्मले दर्शकको ध्यान पूर्णरुमा खिच्ने समाथ्र्य देखाएको छ ।
टिनएजर्स दर्शकका ढुकढुकी अनमोल केसी र सुहाना थापाको माया प्रेम सम्बाद पावरफूल लाग्दछ । आजकाल मानिस माया प्रेम नपाएर हैन एक अर्का प्रति सम्मान नपाएर प्रेमी वा प्रेमिका अथाव श्रीमान वा श्रीमतीसँग अलग्गिएका घटना बढिरहेका छन् तसर्थ टिजरमा दर्शकको मनलाई टिज गर्न माया प्रेममा पनि स्वतन्त्रता आवश्यक छ भन्ने देखाएको दृश्य प्रसंसनीय मात्र छैन , डाइलग मनमा गड्ने खालको छ । मुटुलाई छुने खालको छ । तसर्थ समग्रमा भन्नू पर्दा ए मेरो हजुर -४ को टिजर निकै अब्बल बनेको छ भन्दा फरक नपर्ला ।
यध्यपी यो टिजरमा सवै चिज राम्रो हुँदा हुँदै पनि केही दृश्यहरु अघिल्ला सिक्वेलका केही दृश्यसँग करिब करिब मिलेको हामीले पायौँ । जस्तो कि ए मेरो हजुर-२ मा सलिन मान बनिया र सम्राज्ञीले नाचेको गीत कसम हो कसममा जसरी हिरो र हिरोइनको ताल छेउमा स्टेप देखाईएको छ । त्यस्तै गरी यो सिक्वेलको टिजरमा राखिएको एक दृश्यको कोरियोग्राफी हेर्दा करिब करिब उस्तै लाग्छ ।
अर्को सिनको कुरा गर्नु पर्दा चाँहि पानी पर्दा कालो छाता ओढाएको दृश्य ए मेरो हजुर ३ को एक दृश्य जस्तै छ । फरक यति मात्र छ कि अघिल्लो सिनमा कलाकारको पहिरन, ब्यागराउन्डका बडिगार्ड तथा अन्य दृश्य फरक छन् तर नाईट टाईमिङ, शैली र कालो छाता चाँहि उस्तै छ ।
यध्यपी समीक्षक भएका नाताले यि त केही कमेन्ट गर्ने बहानाहरु मात्र भए । चामलमा ढुंगा , घुन र धान खाजे जस्तै , अर्थात धान, घुन र ढुंगा नभएपनि भात पकाउँने बेला नाङलोमा एक छिन चामल निफने जस्तै केलाए जस्तै गरी न्यूज फिल्मीले नोटिस्ड मात्र गरेको हो मेकरहरुलाई नजरअन्दाज गर्न चाँहि खोजेको हैन । कदापी हैन । हेर्नुहोस फिल्मको टिजर । १ घण्टामै ६० हजार भन्दा बढ्दा भिजिटर
सुन्दर छ सारै मन पर्यो।