एशियाको सवै भन्दा ठूलो मल्टी च्यानल नेटवर्क (MCN) कम्पनीहरु मध्येको एक Bongo Studio ले नेपालको लोकप्रिय अनलाईन मिडिया न्यूज फिल्मीलाई सर्वोत्कृष्ट क्लाईन्ट अवार्ड प्रदान गरेको छ ।
हालै भएको एक कार्यक्रमका बीच बोंगाको नेपाल च्याप्टर कम्पनीले सर्वोत्कृष्ट अवार्डको पुरस्कार न्यूज फिल्मीका प्रबन्ध निर्देशक अनुप भट्टराईलाई प्रदान गरेको हो ।
पुरस्कारमा अवार्डका साथमा Gopro hero 8 क्यामेरा प्रदान पनि गरेको छ । युट्यूब मिडियामा भबिष्य खोजिरहेका कृएटरहरुको संरक्षण एवं बृद्धि बिकासमा सहयोग गर्ने र ग्राहहरुको मुद्रीकरण र सामग्री तयार गर्न सहयोग गर्ने बोंगोको नेपाल च्याप्टरमा दर्जनौ मिडियाक्रमी एवं क्रिएटरहरु आबद्ध छन् जस मध्ये न्यूज फिल्मले सर्वोत्कृष्ट पर्फमेन्स दिए बापत टप क्लाईन्ट अवार्ड प्रदान गरिहेको हो ।
न्यूज फिल्मी नेपाली मिडियाहरुको बीचमा मनोरञ्जन क्षेत्रको निकै नै लोकप्रिय मिडिया हो जसले सेलिब्रिटी समाचार तथा अन्य अन्तरङ कुराकानी मार्फत आफ्न दर्शकहरु लाई मनोरन्जन प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रमको दौरानमा न्यूजफिल्मीका प्रबन्ध निर्देशक भट्टराईले Bongo Studios द्वारा प्रदान सेवाहरु जस्तै Copyright management, Channel Security, SEO Optimization तथा आफ्नो च्यानलको रोचक इतिहास बताउँदै Bongo Studios ले NewsFilmy लाई अहिलेको स्थानमा आउन गरेको सहयोगको दिल खोलेर प्रशंशा गरेका थिए ।
भट्टराईले अन्य क्रिएटरहरुलाई आफ्नो च्यानल बृद्धि गर्न कुनै समस्या छ भने , त्यसको समाधानको लागि Bongo Studios को फेसबुक पेजमा सन्देश पठाउन वा वेबसाइट https://bongostudios.com/ भ्रमण गर्न अनुरोध समेत गरेका छन् ।