हरिहर अधिकारीलाई पितृ शोक

  • May 24, 2021 4:02 pm
  • News FIlmy

कलाकार तथा युवा ज्योतिषी हरिहर अधिकारीलाई पितृ शोक परेको छ ।

झण्डै २० दिन देखि कोरोनालाई जित्ने प्रयाशमा रहेका हरिहरका पिता रामबहादुर अधिकारीको केही बेर अघि निधन भएको हो ।

कीर्तिपुरमा बसोबास गर्ने अधिकारीको पूरा परिवार कोरोनाले ग्रस्त भईरहदा आज उनको बुवाले कोरोना जित्न सकेनन । हरिहरका म्यानेजर निशा बजगाईका अनुसार पछिल्लो २ हप्ता देखि कलंकी स्थित नेश्नल हस्पिटलमा हरिहरका बुवा उपचारार्थ थिए ।

उनका बुवा समेत प्रखर ज्योतिषी थिए जसले गरेका अधिकांश भबिष्यबाणी सधै मिल्दथे । पिताकै अनुशरणमा हरिहरले पनि ज्योतिष शास्त्रलाई थप अध्ययन अनुसन्धान गर्दै आज यो स्थान हासिल गर्न सकेका हुन । तसर्थ यो शोकको घडीमा हरिहरको परिवारलाई भगवानले धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरुन । हार्दिक श्रद्धासुमन ।

हरिहरको पूरा परिवारसँग गरिएको अन्र्तवार्तामा तपाईले देख्न सक्नुहुनेछ पिता रामबहादुरलाई

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*