गृह जिल्लालाई अभिनेता पुष्प खड्काले दिए ५० सिलिन्डर अक्सिजन

  • May 16, 2021 9:45 am
  • News FIlmy

कोरोनाको सेकेण्ड वेभले विकाराल अवस्था पैदा भईरहेका बेला अभिनेता पुष्प खड्काले गृह जिल्ला कैलालीका विरामीहरुको उपचारार्थ ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

बेला बेलामा गृह जिल्लाका लागि विविध सहयोग गर्दै आएका पुष्पले कैलालीको मनादेवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम निकासा गरेका हुन ।

अहिलेलाई २५ सिलिन्डरको व्यवस्था गरिसकेको छु बाँकी केही दिनमै पूरा हुनेछ । पुष्पले न्यूज फिल्मीसँगको फोन सम्बादमा भनेका छन् । आउँदो दिनमा परिस्थिती के कस्तो हुनेछ त्यही अनुसार बाँकी थप सहयोग अझै बढाउँदै लाने योजनामा आफू रहेको उनले बताएका छन् ।

पुष्प भन्छन ‘म जुन ठाउँबाट हुर्किए बढे, आज त्यस ठाउँका जनता अक्सिजनको कमीका कारण ज्यान गुमाउँन बाध्य भईरहेका छन् त्यसैले आफ्नै ठाउँका जनतालाई पहिलो प्राथामिकतामा राखेर यो निर्णय गरेको हुँ ।’

यस्तै उनले अन्य कलाकार साथीहरुले पनि देशै व्यापी रुपमा सकेको सहयोग गर्न अपिल पनि गरेका छन् । ‘आज मैले मेरो जिल्लालाई थोरै भएपनि सहयोग गरे भोलि अन्य साथीहरुले आफ्नै स्थानलाई प्राथामिकतामा राखेर सहयोग गर्दा देशब्यापी रुपमा सहयोगको लहरले व्यालेन्स पनि पाउँछ । ‘ उनी भन्छन् अहिले केन्द्रिय स्तर राजधानीमा थुप्रै अभियान्ताको मिहिनेत देखिएको छ तर गाउँ भूलिरहेका छौँ हामी । त्यता पनि ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*