कलाकार रवि डंगोल र निर्देशक ऋषि लामिछाने हस्पिटल भर्ना

  • May 16, 2021 6:43 am
  • News FIlmy

एक हप्ता होम आसोलेशनमा बस्दा समेत कोरोना नियन्त्रण नभएपछि बेईमान उपनामले चिनिने कलाकार रवि डंगोल र फिल्म निर्देशक ऋषि लामिछाने हस्पिटल भर्ना भएका छन् ।

‘ज्वरो चाँहि घटेको थियो , अक्सिजन लेभल पनि ठीक थियो तर निमोनिया बढेपछि दादालाई ग्रयान्डीमा एडमिट गरेको छु । सकभर आज कोरोनाको भ्याक्सिन लगाईन्छ होला ।’ आफै समेत कोरोना विरामी रहेकी ऋषि पत्नी कलाकार सरिता लामिछानेले जानकारी दिईएकी छिन् । सरिताका अनुसार यो कोभिडले आफ्नो पूरा परिवार ग्रस्त भईरहदा श्रीमानको अवस्थाले अलि तनाव दिएको उनी बताउँछिन । उनका अनुसार आफू र छोरी समृद्धी चाँहि कोरोनालाई जित्ने तयारीमा छिन् ।

यसैगरी निर्देशक प्रकाश सायमीका अनुसार शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा रवि डंगोलको उपचार भईरहेको छ । रविले पनि होम आइसोलेशनमा कोरोना जित्ने प्रयाश गरेपनि उनको अक्सिजन लेभल कम भएपछि हस्पिटल भर्ना गरिएको हो ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*