अक्सिजन किन्न महाविर पुनलाई राजाराम पौडेलले दिए एक लाख

  • May 14, 2021 11:00 am
  • News FIlmy

कोरोना महामारीका कारण दिनहु बढिरहेको अक्सिजन सिलिन्डर र अक्सिजनको समस्या हल गर्न लोकप्रिय हाँस्य अभिनेता राजाराम पौडेलले महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई नगद एक लाख सहयोग गरेका छन् ।

पौडेलले हिजो बिहिवार पुनलाई फोन सम्पर्क गरी आफू पनि आम जनता बचाउँने अभियानमा सहयोगी बन्ने भन्दै १ लाख रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन ।

‘हाम्रो अन्नदाता भनेकै दर्शक हुन अनि यो बेलामा तिनै अन्नदाता भगवान जस्ता दर्शकहरुको जिवन बचाउँन महाविर पुन ज्यूको टिमले अत्यन्त मिहिनेत गरेको देखेर मैले पनि उहाँलाई थोरै सहयोग गरेको हुँ ।’ न्यूज फिल्मीसँगको फोन सम्बादमा पौडेलले भनेका छन् ।

पौडेलका अनुसार पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेको भन्दै यो महोलमा सवै कलाकारहरुले फिल्डमा उत्रिएर सहयोग गरिरहेकासंघ संस्थालाई सकेको आर्थिक सहयोग गर्न अपिल पनि गरेका छन् ।

हालको परिस्थिती हेर्ने हो भने उदासिन सरकार भन्दा महाविर पुन लगायतका विभिन्न संघसंस्थाले प्रशनसनीय कार्य गरेका छन् यति खेर ।

हरेक पल हरेक मिनेटमा महाविर पुनको संस्था, संचारकर्मी रवि लामिछानेको टिम सहित हाम्रो टिम नेपालका अभियान्ता ईशा गुरुङ, ज्वाला संग्रौला, सहित अभिनेता पल शाह, निखिल उप्रेती, केदार घिमिरे, राज घिमिरे, निर्मल शर्मा, बिजय लामा सहित केही सामाजिक छवि बनाएका ब्यक्तिहरुले यो देश र नागरिकलाई ठूलो गुन लगाएका छन ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*