आफ्ना निर्देशकको निधनले अनमोल स्तब्ध : सपना पूरा गर्ने बचन

  • May 14, 2021 10:24 am
  • News FIlmy

अभिनेता अनमोल केसीले खेल्न लागेको नयाँ फिल्म माइतीघरका निर्देशक सुवोध चोपराको निधन भएको छ ।

केही बेर अघि स्वयम अनमोलले फेसबुक टाइमलाइनमा यो खबर पोष्ट गर्दै आफू स्तब्ध रहेको उल्लेख गरेका छन् । अनमोलको स्टाटस अनुसार सुवोधको के कारणले निधन भएको भनि उल्लेख नगरिएपनि हालको कोरोना प्यानडामिक कै कारण सुवोधको निधन भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

अनमोलको होम प्रोडक्सन सुपर काजोल फिल्मस र सुवोधको टिमबीच माइतीघर बनाउँने बिषयमा महिना दिन अघि कागजी सम्झौता भएको थियो जस अनुरुप यो प्रोजेक्टमा अनमोल सहित भूवन केसीको पनि लिड रोल रहने बताई रहदा अचानक सुवोधको यो खबरले प्रोजेक्टको अन्यौलता बढेको छ । यध्यपी आफ्ना निर्देशकको निधनको खबर सँगै अनमोलले सुवोधको माइतीघर बनाउँने सपनालाई आफूले पूरा गर्ने बचन दिएका छन् ।

यसै क्रमममा माइतीघर निर्माण कम्पनी र सुपर काजोलबीच संयोजन गराउँने मुख्य संयोजक एवं निर्माता राजेश घतानीका अनुसार सुवोधको कोरोना रिपोर्ट ३ दिन अघि नेगेटिभ आएको थियो तर अचानक हिजो साँझ श्वासप्रश्वासमा समस्या आएपछि हस्पिटल भर्ना भएको २४ घण्टामै उनको निधन भएको हो ।

घतानी भन्छन् ‘ गएको अप्रिल १० तारिखका दिन कोरोनाकै कारण सुवोधजीको बुवाको निधन भएपछि उहाँ मुम्बई जानुभएको थियो र सोही क्रममा उहाँलाई पनि कोरोना भयो । यो बीचमा उहाँले २ डोज खोप पनि लगाएर निको पनि हुनु भएको थियो तर आज यो खबर सुन्दा म आफै रनभूल्लमा छु । ‘ घतानीका अनुसार आज १२ः३० बजे सुवोधको मुम्बई स्थित एक हस्पिटलमा निधन भएको हो ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*