हाँस्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण : अक्सिजनको सपोर्टमा उपचार हुँदै

  • May 13, 2021 3:24 pm
  • News FIlmy

सर्वप्रिय हाँस्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण भएको छ ।

प्राप्त जानकारी अनुसार उनलाई यो समय नैकाप स्थित एपिअफ हस्पिटलमा अक्सिजनको सपोर्टमा राखिएको छ ।

जानकारी अनुसार पछिल्लो हप्तादेखि नै अस्वस्थ रहेका उनलाई कोभिड १९ को ईन्डियन भेरिएन्टले आक्रमण गरेको पुष्टी भएपछि उनी हस्पिटल भर्ना भएका थिए । भर्ना भए लगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उनी यो समय अक्सिजनको सपोर्टमा छन् ।

हाल नेपालमा आफ्नो परिवारका कुनै पनि सदस्य नरहेका कारण शिवहरी पछिल्लो केही बर्ष देखि एक्लै बस्दै आएका छन् तसर्थ यो पिढाको घडीमा उनको उपचारमा अन्य आफन्तले सघाई रहेका छन् ।

उनी निकटस्थ फिल्मकर्मीहरु भने उनको यस खबरबाट बेखबर भएको पाईयो । शिवहरीसँग सवै भन्दा निकटस्थ रहेका अभिनेता दीलिप रायमाझी समेत यो खबरबाट बेखबर भएको पाईएको छ । हामीले यस बिषयमा केही जानकारी लिन खोज्दा दीलिप आफै छक्क पर्दै भन्छन् ‘एक हप्ता अघि दाईलाई हल्का सन्चो नभएको थियो तर हस्पिटलनै भर्ना हुनु भएको छ भनेर अहिले पो थाहाँ पाउँदैछु । ‘

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*