Sad News : हिरोइन स्वेताले गुमाईन श्रीमान

  • May 11, 2021 12:45 pm
  • News FIlmy


रिदम , व्ल्याकमेल तथा प्रोड्यूसर जस्ता केही फिल्म खेलेर हाल पारिवारिक जिवन विताईरहेकी हिरोइन स्वेता भट्टराईले श्रीमान गुमाएकी छिन् ।

क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटाका भाई मिलन सापकोटासँग करिब ७ बर्ष अघि प्रेम विवाह गरेकी स्वेताका श्रीमान मिलनले आज दिउँसो ३ बजे देह त्यागेका हुन ।

युवा अवस्थामै रहेका मिलनलाई कोरोना संक्रमण थियो । उनको चावहिल स्थित एक हस्पिटलको हाई केयर यूनिटमा उपचार भईरहदा पनि उनले कोरोनालाई जित्न नसकेपछि यस्तो घटना घटेको मिलनका साथी मार्टिन ओलीलले जानकारी दिएका छन् ।

ओलि भन्छन । न उ , जाड रक्सी केही खान्थ्यो , न स्मोकनै गथ्र्यो। हेल्थवाईज पनि एक दम फिट थियो उ तर कोरोना देखिएपछि उसको शरिरमा अक्सिजन लेभल ५० भन्दा माथि उक्लिन नसक्दा आज हामीले साथी गुमाईयौ ।

बताईए अनुसार श्रीमान मिलनको निधन भएको खबर आएसँगै हिरोइन स्वेता र परिवारका केही सदस्य अर्धचेत अवस्थामा छन् । स्वेता र मिलनको एक छोरी छिन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*