कोरोनाले मदनृकष्ण सिथिल : अरु फिल्मकर्मी पनि ग्रसित

  • May 6, 2021 9:40 am
  • News FIlmy

कोरोनलाई केही हद सम्म जितेर घर फर्किसकेका बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको स्वास्थ्य पुन : विग्रिएको छ ।

शरिरमा विकनेस बढेपछि उनलाई पुनः हस्पिटल भर्ना गरिएको हो निकटस्थ कलाकार किरण केसीले जानकारी दिएका छन । किरणका अनुसार विकनेस बढेपछि फेरी उहाँ हस्पिटल भर्ना हुनु भएको हो । किरणका अनुसार मदनकृष्ण मेडिसिटी हस्पिटल ललितपुरमा उपचारार्थ छन ।

यसैगरी कोरोनाको आक्रमण फिल्म नगरीका व्यक्तित्वहरुमाँझ बढिरहदा अन्य थपलाई कोभिड पोजेटिभ देखिएको छ । हाल सम्म प्राप्त खबर अनुसार सक्किगोनी सिरियलका खुपीका बा उपनामले चिनिने कमल मणी नेपाल, सिनेमाटोग्राफर बिष्णु कल्पित घिमिरे, हल व्यवसायी एवं निर्माता नरेन्द्र महर्जन तथा फिल्म निर्देशक समेत रहेका अभिनत्री सरिता लामछिानेका श्रीमान ऋषि लामिछाने कोभिडको आक्रमणमा परेका छन् ।

‘ सुरुमा मलाई देखियो त्यसपछि दादालाई तीन दिन पछि कोरोना देखियो । अहिले मलाई कम छ उहाँलाई ज्वरोले च्यापेको छ । ‘ अभिनेत्री सरिताले श्रीमानको खबर दिईन ।

निर्माता यसैगरी नरेन्द्र महर्जनको श्रीमती र जेठो छोरालाई पनि एक साथ कोरोना देखिएको र हाल नरेन्द्रको शरिरमा अक्सिजनको लेभल कम भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडामा भर्ना गरिएको ।’ नरेन्द्रका निकटस्त फिल्मकर्मी सुशान्त श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी केही दिन अघि झापा बाट बाबरी फिल्मको सुटिङ सकेर काठमाण्डौ फिर्ता भएको केही दिन पछि मलाई पनि कोरोना देखियो भन्दै खुपीबा कमलमणी नेपालले घरमै रेष्ट गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*