बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

  • May 6, 2021 8:48 am
  • News FIlmy

बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

८४ बर्षीय गायक प्रधानको निधनको खबर संगीतकार लक्ष्मण शेषले दिएका हुन । उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै न्यूरो अस्पतालमा उपचारका क्रममा प्रधानको निधन भएको खबर दिएका हुन ।

बताईए अनुसार छातिमा केही समस्या देखिएपछि उनको कोभिड टेष्ट गरिएको थियो तर कोभिड को रिपोर्ट नेगेटिभ आउँदा पनि उनले मृत्युलाई जित्न सकेनन ।

अमर अजर श्रष्टाको रुपमा स्थापित गायक प्रधानले सयभन्दा बढी नेवारी, हजार भन्दा बढी नेपाली र तीसवटा जति भजन गीत गाएका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*