कलाकारका लागि लोक तथा दोहोरीगीत प्रतिष्ठानले आफ्नै भवनमा आइसोलेशन वार्ड बनाउँने

  • May 5, 2021 10:16 am
  • News FIlmy

lok dhori get pratisthan

कोरोनाको सेकेण्ड वेभले लोकदोहोरी कलाकारहरुलाई असर परेको खण्डमा उपचारका लागि निरास नहुने वातावरण सृजना भएको छ ।

यस विकाराल घडीमा लोक दोहरी कलाकारितामा लागेका कुनै पनि व्यक्तित्वहरु कोरोना पिडित भएमा टोखा स्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवनिर्मित भवनमा २० शैयाको आइसोलेशन वार्ड बनाउँने निर्णय भएको अध्यक्ष रमेश विजी जानकारी दिएका छन् ।

विजीका अनुसार प्रतिष्ठानले रिता थापा मगरको अध्यक्षतामा कोभिड १९ हेल्प कमिटी समेत गठन गरिएको छ । जसले आवश्यक पर्ने आर्थिक सहयोग तथा राहत संकलन तथा आइसोलेशन वार्ड म्यानेजम्यान्टका लागि म्यानपावर तयार गर्ने छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*