कोरोनाको सेकेण्ड वेभको शिकारमा कलाकारहरु : कोही सिरियस कोही तंग्रिदै

  • May 5, 2021 9:35 am
  • News FIlmy

कोरोना भाईरसको सेकेण्ड वेभले कलाकारहरुलाई धमाधम छुन थालेको छ ।

केही समय अघि मदनकृष्ण श्रेष्ठको पूरा परिवार यो वेभले ग्रसित भएको थियो भने अभिनेत्री केकी अधिकारीको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएर पनि उनी तंग्रिसकेको अवस्था छ ।

सेकेण्ड लकडाउनको सातौ दिन सम्म आईपुग्दा नेपाली कलाकारिता जगतमा सु-परिचित अभिनेत्री सरिता लामिछाने सहित सक्किगोनी हाँस्य सिरियलका चर्चित क्यारेक्टर अर्थात कल साईन काकुका रुपमा चिनिने दीपक आचार्य पनि कोरोना ग्रसित भएका छन् ।

आचार्य सक्किगोनिको सुटिङ सेटबाट फर्किपछि विरामी परेका थिए भने सरिता कामको शिलशिलामा सिहदरबार निस्किने क्रममा संक्रिमित भएकी थिईन् । हाल सरिता र दीपक घरकै आईसोलेशनमा छन् उनीहरुलाई कोरोनाले अलि ग्रसित बनाएको बताईन्छ ।

सरिता भन्छिन् ‘ तीन दिन ज्वरो रुघा र खोकीले अत्याधिक गाह्रो भयो तर आज चाँहि ज्वरो पूरै कम भएर रिलिफ भएको छ तर पनि खोकी लागेर हैरान । शत्रुलाई पनि यस्तो रोग नलागोस । ‘

उता दीपकसँग सम्पर्क गर्दा उनको फोन उठेन । शायद अवस्था खराव छ होला । यसै क्रममा एक सिनियर लेडिज कलाकार शोभा केसीको कोभिडकै कारण निधन भएको छ । उनको निधनमा सिनियर फिल्ममेकर तथा जर्नलिष्टहरुले श्रद्धाजली सहित सामाजिक सञ्जालमा फोटोहरु हालेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*