कोरोनाको सेकेण्ड वेभले ‘बाबरी’को सुटिङ रोकियो : ४० लाख बजेट बढ्ने निश्चित

  • May 5, 2021 8:00 am
  • News FIlmy

कोरोना महामारीको सेकेण्ड वेभले नेपाललाई पनि असर गरेपछि फ्लोरमा रहेको फिल्म ‘बाबरी’को सुटिङ रोकिएको छ ।

गत बैशाख ६ गते देखि पूर्वी नेपालका विभिन्न स्थानमा छायाँकनरत उक्त फिल्मको १५ दिन सम्मको सुटिङ सकेर यूनिट काठमाण्डौँ फिर्ता भएको हो । फिल्मकी निर्माता पुष्पा अधिकारीका अनुसार १५ दिन सम्म परिस्थितीले साथ दिएपनि देशै व्यापी लकडाउनका परिस्थिती देखिएका कारण तत्तकाललाई सुटिङ रोकिएको हो ।

उनका अनुसार सुटिङ रोकिएर पुनः सुरु हुँदा सम्म यो फिल्मको निर्धारित बजेटमा २५ देखि ४० लाख थप हुने अनुमान गरिएको छ । उनले दिएको जानकारी अनुसार कोरोनाको सेकेण्ड वेभ साम्य भएसँगै बाबरीको बाँकी केही सिन र २ गीत खिचेर पुनः यूनिट प्रदेश नम्बर १ का विभिन्न स्थानका मोन्टाज फुटेज खिज्दै सिक्किम पुगेर प्याकअप हुने छ ।

बलिउडमा समेत चर्चा कमाउन सफल नेपाली मोडल तथा हिरोइन अदिति बुढाथोकी सहित धिरज मगर एव कुनै समयकी चर्चित अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानी, ध्रुव अधिकारी अधिकारी तथा सुनिता ठाकुर यस फिल्मका मुख्य कालकार हुन ।

फिल्मका निर्देशक सुरेन्द्र पोडेल हुन जसले यस अघि अदिति र अनमोललाई लिएर कृ फिल्म निर्देशन गरेका थिए । सुरेन्द्रका अनुसार हाललाई बाबरीको सुटिङ स्थगित भएपनि पोष्ट प्रोडक्सनका काम केही दिनमै थाल्ने र नयाँ फिल्म एम टू एम (mTOm) को स्क्रिप्टको काम समेत यहि बन्दका बेला सक्ने योजनामा छन उनी ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*