यस्ती छिन् दर्पणकी दुलही

  • October 31, 2020 9:12 am
  • News FIlmy

पछिल्लो समय अमेरिकामा बस्दै आएका सञ्चारकर्मी एवं फिल्म निर्देशक सुरेश दर्पण पोखरेल विवाह बन्धनमा बाधिने भएका छन् ।

न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार दर्पणको विवाह आउँदो मंसिर ५ गते छठ पर्वका दिन विराटनगरकी मनिषा कार्की (निशा) सँग हुने पक्का पक्की भएको हो ।

दशैँ मान्न नेपाल आएको सन्दर्भमा दर्पणले बर्ष दिन अघि देखिको आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धको रुपमा परिणत गर्न लागेको संकेत केही दिन अघि आफ्नै फेसबुकको टाइमलाईन मार्फत दिएका थिए । जस अनुरुप उनको सस्पेन्स स्टोरीलाई न्यूज फिल्मीले तोड्दै यो खबर सार्वजनिक गरेको हो ।

खबर अनुसार दर्पणकी हुने वाली दुलही रजिष्टर्ड नर्स (वि.एन.) हुन । उनी विराटनगरकी भएपनि बसाई चाँहि काठमाण्डौँमै छ । उमेर अन्तर चाँहि ९ बर्षको छ उनीहरुको । बुझिए अनुसार बेहुली लिनका लागि मंसिर ५ गते दर्पणले काठमाण्डौँबाट विराटनगर सम्म जन्ती लिएर जाँदैछन ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*