झापाबाट काठमाण्डौँ फर्किदा अशोक शर्मालाई लाग्यो कोरोना

  • October 30, 2020 2:45 pm
  • News FIlmy

९९ सय बर्ष लागेका आफना पिताको हातबाट दशैँको टीका थाप्न झापा झरेका निर्माता तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण भएको छ ।


न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार हिजो मात्रै गृह जिल्लाबाट केन्द्रिय राजधानी फिर्ता भएका शर्माले काठमाण्डौँ ओर्लिए लगत्तै गरेको पिसिआर परिक्षण पश्चात आफूमा कोरोना पोजेटिभ भएको रिजल्ट पाएपछि उनी यति खेर होम आईसोलेशनमा छन् ।

‘म त तीन छक्क नै परिरहेको छु । न कुनै संकेत । न कुनै लक्षण । बाहिरबाट आएको हुनाले परिवारमा अलि ढुक्क होस भनेर एयरपोर्ट झरे लगत्तै पिसिआर चेक गर्न गएको थिए रिपोर्ट त पोजेटिभ पो आएछ ।’ न्यूज फिल्मीसँग फोन सम्बाद गर्दै अशोक शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार आफूमा कुनै पनि प्रकारको सिजनेवल फ्लुको समेत संकेत नभएपछि कोरोनाले भाईरस के हो भन्ने बिषयमा थप अन्यौल महसुश गरेको बताएका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

१३ बर्षपछि अशोक शर्मा फिल्म निर्देशनमा फर्किदै

अशोक शर्मालाई पद छाड्न नैतिक संकट !