रवि र निकितालाई कोरोना संक्रमण : अन्र्तवार्ता दिएका मिश्रलाई के भयो ?

  • October 29, 2020 5:18 am
  • News FIlmy

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र उनकी फिल्म प्रोड्यूसर श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ ।

सञ्चारकर्मी लामिछानेले केही बेर अघि फेसबुक टाइमलाईन मार्फत दिएको सूचना अनुसार गत मंगलबार देखि उनलाई हल्का ज्वरो आएको थियो र हिजो पिसिआर चेक गर्दा आफू सहित श्रीमती निकितालाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।

‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्ध अबस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं। ‘ भनी रविले आफ्नो स्टेटमेन्टमा यो कुरा पनि राखेका छन ।

ज्वरो आएकै दिन लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँगमा साँझा पार्टीका संयोजक रविन्द्र मिश्रसँगको फेस टू फेस अन्र्तवार्ता रिलिज भएको थियो त्यसकारण क्लोज कन्टयाक्टमा परेका साँझा पार्टीका संयोजक मिश्रसँग हामीले फोन सम्बाद गर्दा उनले भनेका छन् । ‘रवि जी सँगको अन्र्तवार्ता शुक्रबार रेकर्ड गरिएको हो र उहाँलाई हाम्रो अन्र्तवार्ताको ४ दिन पछि मंगलबार मात्र लक्षण देखिएकाले अलि डराउनु पर्ने छैन त्यहि पनि अबको केही दिन म पनि आईसोलेशनमै बस्नेछु । ‘

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

अध्यक्ष म्याडमको प्रधानमन्त्रीलाई खुल्ला पत्र: कास्टिङ मात्र हो, मध्यान्तर पनि हैन