लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउंने भएको छ ।
यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माण टिमले चर्चित नृत्यांगना एलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्री माथि लगानी गर्दै ‘ कोलम्बस की कान्छी’ बोलको गीतलाई पहिलो प्रोजेक्टका रुपमा बजारमा ल्याएको छ ।
गीतलाई ओम सुनारले गाएका हुन भने संगीत पनि उनकै रहेको छ । गीतको रचना तारा फूयांलले गरेका हुन ( नेपाली बिध्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौ । अब नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडीने जमर्कोका साथ हामी लागि परेका हौं (‘ सुनील उप्रेतीले जानकारी दिए ।
मौसम हिमालीको निर्देशन रहेको भिडियो यस्तो बनेको छ । हेर्नुुस्