नेपालमा एउटै टाइटलमा तेश्रो पटक बनेको फिल्म आमा की अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तले उस्तै प्रकारको एक म्यूजिक भिडियो खेलेका छन् ।
मिथिला र सुरक्षा आमा छोरीकै भूमिकामा देखिएको यो भिडियोमाअभिनेत्री सुरक्षा पन्तलाई मस्तिष्क पक्षाघात भएको देखाईएको जसमा एउटी आमाले सन्तानको भबिष्य प्रति भोग्नु परेको पीडा र त्यसबाट परिवारमा उत्पन्न हुने समस्यालाई स्क्रिनप्ले बनाईएको छ ।
अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीतलाई नरेश प्रधानले लेखेका हुन् । गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ।
अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्। भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । बुनु श्रेष्ठले गीतलाई कोर्डिनेट गरेकी हुन् ।पछिल्लो केहि बर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधानले मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतना मुलक गीत मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा लागेका छन् । हेर्नुस गीत