दशैँ गीतमा एक साथ तीन अभिनेत्री : अमेरिका बस्ने कलाकारहरुले बनाए यति मिठो गीत

  • October 4, 2020 10:46 am
  • News FIlmy

दशैँ नजिकदै गरेको अवसरमा अमेरिकमा बसिरहेका नेपाली कलाकारहरुको एक टोलीले दशै गीत तयार गरेका छन् ।

फिल्म निर्देशक समेत रहेका अभिनेत्री ऋचा घिमिरेका श्रीमान शंकर घिमिरेको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा बरिष्ठ गायक प्रेम राजा महत देखि अभिनेता सुधाँशु जोशी, तीन अभिनेत्री ऋचा घिमिरे, सारंगा श्रेष्ठ तथा पूजा चन्द दम्पती गायक राजु लामा सहित गायक भगवान भण्डारी फिल्म निर्देशक बाबुराम ढकाल सहित निर्मला भण्डारी, प्रतिक्षा ढकाल, नविन विक, अनु वन्त, ध्रुव वन्त, श्री प्रकाश लामिछाने, लोकेन्द्र गुरुङ, हरि गैरे, रविन शर्मा सहित नेपाल तर्फको दृश्यमा अजनवी धिताल र महेश धिताल देखिएका छन् ।

राज सिग्देल र समिक्षा अधिकारीको स्वर रहेको दशै गीतका रचनाकार नविन विक हुन जसको सुन्दर शब्दहरुमा सुरेश अधिकारीले निकै मिठो संगीत समावेश गरिदिएका छन् । अडियोको तुलनामा भिडियोको फिनिसिङ अलि कमजोर देखिएपनि यो गीतको अडियो भर्सनले आउँदो दशैँमा राम्रो स्थान कायम गर्ने ल्याकत देखाएको छ ।

भिडियो तर्फ चाँहि छायाँकनको बखत लाईट, मेकअप र छायाँकारको तालमेल उपयूक्त नहुदाँ कलाकारहरुको सुन्रतामा कमि देखिएको छ । भडियोलाई बिक्रान्त मान श्रेष्ठले खिचेका हुन । हेर्नुस कुनै समयका निकै चर्चित अभिनेत्री सारंगा, पूजा र ऋचा सहितको अभिनय रहेको दशै गीत ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

अभिनेत्री पूजा चन्दले पनि गरिन दोश्रो बिहे