फेरी आयो साइँला र साइँलीको नयाँ गीत

  • September 11, 2020 11:24 am
  • News FIlmy

तीन बर्ष अघिको निकै हिट गीत ‘सुन साइँली सुन साइँली , परदेशबाट म आउँला चालिस कटेसि रमाउँलाबाट अत्याधिक रुचाईएका जोडी गौरव पहारी र मेनुका प्रधान अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका छन । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।

सार्वजनिक गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । हेर्नुस गीत

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*