निषेधाज्ञा खुलेको दोश्रो दिन गायक प्रमोद खरेलले नयाँ गीत ल्याएका छन् ।
रोमान्टिक नम्बरको उनको नयाँ गीतको म्यूजिक भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गरिमा शर्माले मोडलिङ गरेका छन् ।
नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा प्रमोदको सोले भोकल छ । सयौ हिट गीत दिएका प्रमोद नेपाली साँगितिक जगतका त्यस्ता ब्रिलियन्ट श्रष्टा हुन जसले माटो छोयो भने सुन बन्छ भन्ने उदाहरण दिने गरिन्छ । तसर्थ यो रोमान्टिक नम्बरको गीतले पनि उनको सुन जस्तो छविलाई अझ मोति बनाउँने छनक देखाएको छ । हेर्नुस गीत ।