गायिका देवी घर्तिको आवाजमा ”रुने मन” गीतको भिडियो
नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको आवाजमा रहेको ”रुने मन” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
माया र प्रेममा धोका पाएक प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको छ । ”रुने मन” गीतको भिडियोमा विमल अधिकारी , रञ्जिता गुरुङ र शम्भु पोखरेलको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।