गीतकार चाम्लिङको ‘तिम्रो याद’

  • January 28, 2019 1:56 pm
  • News FIlmy

‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ। जुनेली रातमा आफ्नो प्रेयसीको मीठो संझनालाई शब्द भावमा राम्ररी अभिब्यक्त गर्न सकेका शब्दकार प्रतीक चाम्लिङलाई स्वर तर्फ ज्ञान सुब्बा र संगीत तर्फ दिनेश सुब्बाले साथ दिएका छन् । संगीतकार दिनेश सुब्बासँग गायक ज्ञान सुब्बा र गीतकार चाम्लिङले यस अघि अरु गीतहरुमा सहकार्य गरिसकेका भए पनि गायक ज्ञान सुब्बा र गीतकार प्रतीक चाम्लिङको यो पहिलो सहकार्य रहेको छ ।

मोडलद्वय सुमी मोक्तान र रितेश गुरुङको कुशल अभिनयले गीतको भावलाई दुरुस्तै उतार्न सकेको छ । सोनाम पाख्रिनको निर्देशन रहेको यस म्युजिक भिडियोमा उत्सव दाहालको छायाङ्कन , सुशील न्यौपानेको सम्पादन , सुरेन्द्र बसेलको कोरियोग्राफी र विमला तामाङको मेकअप रहेको छ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*