निरु खड्का (निर्मली)ले बनाइन यस्तो म्यूजिक भिडियो : अभिनय पनि उनकै निर्देशन पनि उनकै

  • November 28, 2018 1:29 pm
  • News FIlmy

विशाल बस्नेत

चर्चित हास्यकलाकार निरु खड्का (निर्मली)ले ‘बिछोडको पीडालाई भुलेर’ गीतको म्यूजिक भिडियोको निर्देशन गर्नुको साथै आफैले अभिनय समेत गरेकी छिन ।

विभिन्न टेलिफिल्म, फिचर फिल्म र दर्जनौ विज्ञापनहरुमा अभिनय गरेर निकै ठूलो सफलता कमाएकी निरु आजकाल निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन ।

उनले बनाएको गीतमा सुशिला सावदेनको आवाज रहेको छ भने शब्द मणी आर बस्नेत र संगीत बालन्द राईको रहेको छ ।
भिडियोमा निरुलाई श्रीराम पुडासैनी र राघवले अभिनयमा साथ दिएका छन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*