छक्का पञ्जा -३ को तीन दिनमा ३ करोड ३७ लाख व्यापार :  आजको व्यापार अझ राम्रो हुने संकेत

  • October 13, 2018 4:18 am
  • News FIlmy

यस पटक फिल्म क्रिटिक्सहरुबाट समेत राम्रो प्रसंसा बटुल्न सफल भएको फिल्म छक्का पञ्जाको तेश्रो सिक्वेलले तीन दिनमा ३ करोड ३७ लाख  माथिको कारोबार गरेको छ ।

पहिलो दिन अल नेपाल १ करोड ३१ लाख ग्रस कारोबार गरेको फिल्मले बुधबार, बिहिबार र हिजो शुक्रबार गरेर अल नेपाल ३ करोड ३७ लाख ग्रस कारोबार गरेको हो । पहिलो दिन मोफसल तर्फ यो फिल्मले ५७ लाख र राजधानी टेरिटोरीबाट ७४ लाखको बम्पर कलेक्सन गरेको थियो ।

यो तीन दिनमा फिल्मले मोफसल तर्फ मात्रै १ करोड ५० लाख कारोबार गरेको छ भने राजधानी तर्फ १ करोड ८७ लाख कलेक्सन गरेको छ । तसर्थ यो तीन दिनको कूल कलेक्सन जोड्दा छक्का पञ्जा- ३ ले ३ करोड ८७ लाख कलेक्सन गरेर आफूलाई हिट फिल्मको रुपमा उभ्याउँन करिब सफल भएको छ भन्दा अब फरक नपर्ला ।

दीपक दीपाको यो पाँचौ प्रोजेक्ट उनीहरुको करिअरकै पाँचौ निरन्तर हिट श्रङखला भईदिनुका साथै पछिल्लो एक दशकमा लगालग पाँच वटा हिट फिल्म दिने मेकरका रुपमा पनि उनीहरुलाई चिनाएको छ ।

यसैगरी आज शनिबार परेकाले  पनि बिहानै देखि हल हलमा दर्शकको बाक्लो उपस्थिती देखिएको छ । २ करोड लागतमा बनेको यो फिल्मले न्यू मिडिया राईटस् र ओभरसिज राईट्स बेचेर १ करोड उठाईसकेको छ भने आई.एमी लगायतका विभिन्न ब्रान्डसंग सहकार्य गरेर ८० लाख रुपैया उठाएको थियो ।

तसर्थ लगानी उठाउँन २० लाख मात्र बाँकी रहदा हलमा आएको यो फिल्मले रिलिजको पहिलो दिन बिहानीका शोहरुबाटै आफ्नो लगानी उठाएर  नाफा तर्फ अगाडी बढिसकेको  जानकारी हामी दिन चाहन्छौं ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

Box Office : छक्का पञ्जा- ३ को अदभूत कलेक्सन : आफ्ना सवै रेकर्ड तोड्यो

छक्का पञ्जा -३ को हिजोको कलेक्सन ऐतिहासिक : सबै रेकर्ड तोडियो

छक्का पञ्जा ३ को पोष्टर बन्यो यस्तो :  तर विडम्बना देखियो है सस्तो

छक्का पञ्जा ३ को नयाँ गीतमा के राम्रो के नराम्रो ? लोकेशनमा हराए कलाकार

समीक्षा : छक्का पञ्जा – ३ : गीत राम्रो कि टिम ?

छक्का पञ्जा- ३ को सेटमा के-के भयो ? माग्ने, मुन्द्रे र दीपकराज गिरीसंगको रमाईलो

दीपाले सुनाईन छक्का पञ्जा-३ को गीत :  विहेको कुरामा यस्तो तर्क (भिडियो)