आजबाट नीर शाह ६६ बर्षमा प्रवेश : फिल्म नगरीमा ५१ बर्ष पूरा

  • October 12, 2018 6:46 am
  • News FIlmy

नेपाली फिल्मी ईतिहासका एउटा ठूलो खम्बाका रुपमा परिचित अभिनेता तथा निर्देशक नीर शाहको आज जन्मदिन हो ।

उनी आजबाट ६६ बर्षमा प्रवेश गरेका छन् । २०१० साल असोज २६ गते बिहान ६ बजे काठमाण्डौंको ज्ञानेश्वरमा जन्मिएका शाहको आज परेको जन्मदिन मितिको हिसावले हो ।

तिथिलाई बढी मान्यता दिने भएका कारण उनले आफ्नो जन्मदिन फूलपातिको दुई दिन अघि मात्र मनाउँने गर्दछन् । उनी दशैंको पञ्चमीका दिन जन्मिएका हुन ।

२०२४ सालमा परिवर्तन फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेका नीरले फिल्म नगरीमा सक्रिए भएर विताएको पनि ५१ बर्ष पुरा भएको छ । उनले यो दौरानमा झण्डै ३ सय ८० वटा फिचर फिल्म, सयौको संख्यामा विज्ञापन खेलेका छन् । उनी निकै राम्रो गीत रचनाकार पनि हुन । उनले बासुदेव, पच्चिस बसन्त, राजमती, बसन्ती, अकाल, मसान र सेतो बाघ गरी सात वटा फिल्म निर्देशन गरेका छन् ।

नेपालमा टेलिभिजन भित्राउने पहिलो श्रेय पनि नीर शाहलाई जान्छ । ६६ बर्षको उमेरमा समेत निकै सक्रिय रहेका शाहले आफ्नो फिल्मी निर्देशन चाँहि अब बिट मार्ने सोचमा छन् भने अभिनय चाँहि बाचुन्जेल सम्म गर्ने प्रण समेत गरेका छन् । उनी अभिनित नयाँ फिल्म छक्का पञ्जा ३ गत घटस्थापना देखि रिलिज भएको छ । न्यूज फिल्मी परिवारको तर्फबाट शाहलाई जन्मदिनको लाख लाख शुभकामना ।

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

नीर शाहको अटोबायोग्राफी प्रकाशनको अन्तिम तयारीमा

नेपाल टेलिभिजनको अध्यक्षमा नीर शाह नियुक्त

एक महिना सम्म घर बाहिर हिड्न नपाउने नीर शाह

स्वास्थ्यमा पूर्ण सुधार आएपछि नीर शाह डिस्चार्ज

नीर शाहको अवस्था बुझ्न सनी रौनियार काठमाण्डूमा

डेन्जर जोनबाट बाहिर आए नीर शाह