ग्याङस्टार ब्लुज यूट्युबमा रिलिज : भिजिट आक्रमक

  • September 23, 2018 10:43 am
  • News FIlmy

gangstar

आयुषमान देशराजका भाई आशिरमान देशराजले डेब्यू गरेको फिल्म ग्याङस्टार ब्लुज युट्युबमा रिलिज भएको छ ।

हेमराज विसीको निर्देशनमा बनेको यो फिल्म गत बर्ष रिलिज भएको थियो जसले घरेलु बक्स अफिसमा चाँहि कमाल गर्न नसकेपनि आशिरमानको डिमान्ड भने यथावत राखिदियो । यो फिल्मको एक गीत अजम्बरी नाताले पनि म्यूजिक काउन्टडाउनमा आफ्नो पक्कड निकै राम्रो बनाएको थियो ।

News Filmy copy YOUTUBE SUB

जेरी फिल्मबाट अनमोल केसीका साथ डेब्यू गरेकी आना शर्मा यो फिल्मकी मुख्य हिरोइन हुन । फिल्ममा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, अनुपम शर्मा, अरुणा कार्की,नरेश पौडेल लगायत छन् ।

युट्यूबमा सार्वजनिक भएको २४ घण्टामै ७ लाख भन्दा बढी दर्शकलले हेरिसकेको यो फिल्म यदि तपाईले हेर्नु भएको छैन् भने हेर्नुस् एक पटक ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*