बिकास आचार्यलाई चाहियो नयाँ हिरो : क्षमता भए पठाउनुस आफ्नो फोटो

हजार जुनी सम्मका लागि चाहियो लिड हिरो

  • September 4, 2018 6:59 am
  • News FIlmy

movie offer bikash

यो बर्षको पहिलो हिट फिल्म नाईँ न नभन्नू ल – ५ का निर्देशक बिकास आचार्यलाई नयाँ फिल्मको लागि हिरोको आवश्क्ता परेको छ ।

न्यूज फिल्मीसंग कुरा गर्दै उनले भनेका छन् ‘अबको दुई महिनामा फ्लोरमा जाने नयाँ फिल्म ‘हजार जुनी सम्म’का लागि लिड हिरोको आवश्यक्ता परेको हो ।

उनका अनुसार २२ बर्ष उमेर समूह देखि २५ बर्ष भित्रको हिरोको आवश्क्ता छ । गुड लुकिङ, बोल्नमा स्मार्ट,  डान्स गर्नमा पर्फेक्ट र हाईट ५ : ५ ईन्च प्लस भएका जो कोही ईच्छुक ब्यक्तिले आफ्नो टिमसंग सम्पर्क गर्न सक्ने  उनले  बताएका छन् ।

चाईल्ड स्टार अनुभव रेग्मीको मम्मी कविता रेग्मी प्रोड्यूसर रहने हजार जुनी सम्ममा चलेका केही हिरोइन हुने छन् भने हिरो चाँहि नयाँ आवश्यक परेको भन्दै बिकासले यो समाचार हामीलाई दिएका हुन ।

यदि तपाईमा र तपाईका आफन्त, दाजु, भाई, भतिज, सालो, छोरा तथा नातिमा हिरो हुने गुण देख्नु हुन्छ भने तपाईले यो ठूलो प्रोजेक्टमा आफ्ना मान्छेलाई हिरो बनाउँन सक्नु हुनेछ ।

यसका लागि तपाईले +977-9801096687 मा सिधा सम्पर्क गर्न सक्नु हुन्छ भने npbhattarai704@gmail.com मा आफ्नो डिटेल सहित ईमेल   पठाउँनु पर्ने हुन्छ ।

5 thoughts on “बिकास आचार्यलाई चाहियो नयाँ हिरो : क्षमता भए पठाउनुस आफ्नो फोटो

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

महंगो पारिश्रमिक लिएर आर्यन सिग्देलले साईन गरे ‘हजार जुनी सम्म’