रोमियो एण्ड मुनाको हेरु हेरु लाग्ने गीत :  निर्देशक दिनेश राउतको रचना कोशिषको संगीत

विनय आफैले गाएका हुन गीत

  • June 14, 2018 12:54 pm
  • News FIlmy

romiyo and muna

बजारमा आईरहेका अन्य फिल्मी गीतहरु भन्दा पृथक शैलीको गीत रोमियो एण्ड मुना फिल्ममा देखिएको छ ।

बिनय श्रेष्ठले निर्माण गरेको उक्त फिल्ममा उनीनै रोमियोको रोलमा छन् भने मुना बनेकी छिन् श्रृष्टी श्रेष्ठ ।  भेडेटार घुमौला पालै पालो गाला चुमौला, जान त गैजाम्ला मनै पापी छुट्टै बसुला... जस्ता क्याच्ची वर्र्ड राखिएको गीत सुन्दा मात्र राम्रो लाग्दैन हेर्दा जादा समेत मज्जा आउँछ ।

प्ले सहितको कोरियोग्राफीमा दुई कलाकारको पर्फमेन्सले दर्शकलाई होल्ड गराउँन सक्छ । निर्देशक समेत रहेका दिनेश राउतले यो गीत लेखेका हुन ।

मेल भोकल पनि हिरो बिनयको आफ्नै हो भने फिमेल भ्वाईस चाँहि मिना निरौलाको हो । कम्पोज चाँहि कोशिस क्षेत्रीको हो । श्रावण ११ गते देखि रिलिज हुने रोमियो एण्ड मुनालाई नरेश केसीले निर्देशन गरेका हुन जसले यस अघि डाईङ क्यान्डल जस्तो बलियो समीक्षा बटुलेको फिल्म निर्देशन गरेका थिए । हेर्नुस् गीत

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*