के छक्का पञ्जा -३ को गीतलाई च्यालेन्ज गर्ला ‘जय भोले’को गीतले ?

अब प्रतिक्षा छक्का पञ्जा -३ को गीतको

  • June 14, 2018 11:30 am
  • News FIlmy

jay bhole

आउँने दसैमा दीपकराज गिरीको फिल्म छक्का पञ्जा ३ संगै भिड्ने तयारी साथ खरो पब्लिसिटीमा उत्रिएको अशोक शर्माको फिल्म ‘जय भोले’मा समावेश एक गीत रिलिज भएको छ ।

आयोजित एक पत्रकार सम्मेलनमा उक्त गीत रिलिज भएसंगै अब छक्का पञ्जा -३ को गीत कस्तो बनेर बाहिर आउँला भन्ने कौतुहलता पनि बढेर गएको छ ।

झण्डै ११ बर्षपछि अशोक शर्माले निर्देशन गरेको जय भोले पनि कमेडी जनरमै बनेको फिल्म हो जसको कथा खगेन्द्र लामिछानेले लेखेका हुन ।  फिल्ममा सौगात मल्ल सहित खगेन्द्र, सलोन बस्नेत, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, लक्ष्मी गिरी लिड रोलमा छन् ।
कमेडी जनरका यी दुई फिल्मबीच के समानता छ भने दुवै फिल्म कमेडी जनरमा बनेका फिल्म हुन भने रिलिज पनि एउटै डेटमा हुँदैछ ।
यस्तै कलाकारहरु तर्फ बुद्धी तामाङ, लक्ष्मी गिरी सहित यो फिल्मकी लिड हिरोइन स्वस्तिमा खड्काले पनि छक्का पञ्जा ३को एक गीतमा अभिनय गरेकी छिन् । अर्को समानता के छ भने जय भोले र छक्का पञ्जा ३का दुवैलाई सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले खिचेका हुन ।

राजनराज शिवाकोटीको शब्द संकलन तथा संगीत र गायन रहेको गीतमा मेलिना राईको फिमेल भ्वाईस छ । कोरियोग्राफी चाँहि बसन्त श्रेष्ठको हो । हेर्नुस् गीत 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*