भाग्यमानी कुसुम जसले पाईन प्रेम गीत निर्माताको नयाँ फिल्म : ‘मेरी मामु’की लिड आर्टिष्टमा अनुबन्ध

आफ्ना ६ बर्षीय छोरालाई समेत डेब्यू गराउँदै सेन

  • June 13, 2018 11:07 am
  • News FIlmy

meri mamu

प्रेम गीत तथा प्रेम गीत २ जस्ता स्तरीय फिल्म बनाईसकेका निर्माता सन्तोष सेनको व्यानरबाट नयाँ हिरोइनको आगमन हुने भएको छ ।

दिईएको जानकारी अनुसार लण्डन निवासी कुसुम गुरुङले आसुसेन फिल्म प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्म मेरी मामुमा लिड रोल गर्ने मौका पाएकी छिन् ।

चाईल्ड साईकोलोजी लाई मुख्य बिषय बनाएर निर्माण हुन लागेको मेरी मामुलाई यम थापाले निर्देशन गर्दैछन् भने चाईल्ड एक्टरको मुख्य भूमिकामा चाँहि सन्तोष सेनकै ६ बर्षीय कान्छा छोरा आयुव सेनले डेब्यू गर्देछन् ।

फिल्ममा चिर परिचित अन्य कलाकारहरु पनि रहनेछन् जसको जानकारी केही दिनमा दिईदैछ । तर बुझ्नु पर्ने कुरा चाँहि के छ भने यो फिल्मका मेन लिड  आयुवनै हुन जो माथि फिल्मको मुख्य प्लट घुम्ने छ ।

aayub sen and kussum gurung
थिएटर व्याकराउन्डकी कुसुम अभिनयमा निकै पोख्त रहेकी कलाकार हुन जसले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरिसकेकी छिन् । उनले ‘ज्ञ’  थिएटरबाट तीन महिने नवरसको प्रशिक्षण समेत लिएकी छिन् ।  यहि अषाढ ३ गतेबाट फ्लोरमा जान लागेको मेरी मामुलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

आसुसेन फिल्मस प्रोडक्सन नेपालको त्यस्तो ठूलो फिल्म प्रोडक्सन कम्पनीका हो   जसले स्तरीय फिल्म बनाउँन कुनै पनि कम्प्रमाईज गर्दैन ।  जसकारण यो ब्यानरमा काम गर्न नेपालका अधिकांश निर्देशक तथा कलाकारहरु ईच्छुक हुने गर्दछन्  । तसर्थ एउटा नयाँ कलाकारले यो ब्यानरबाट डेब्यू गर्ने मौका पाउँनु भनेको ती कलाकार भाग्यमानी हुन ।

kushum

kusum3

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

मेरी मामु ट्रेलर समीक्षा : के गीतमा जस्तो तिर्खा ट्रेलरले मेट्ला ?

मन थामेर हेर्नुस् ‘मेरी मामु’को गीत :  आँसु झर्न सक्छ…

‘मेरी मामु’ सुटिङ रिपोर्ट :  यो फिल्ममा छन् रोनाल्डो र मेस्सी पनि

‘मेरी मामु’मा अश्लेषासंग सारुकको जोडी बाधिने  : भदौ १५ मा रिलिज गर्ने घोषणा