रहेनन् दीपाश्रीका धर्म पिता : एउटा प्रभावशाली कलाकारको निधन

अब रहेनन् मुखिया बा

  • June 13, 2018 4:08 am
  • News FIlmy

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो धर्म पिता गुमाएकी छिन् ।

कुनै समयको निकै चर्चित टेलिसिरियल देविमा दीपाश्री निरौलाको बाबु बनेर चिनिएका मुखिया बा तथा दर्जनौ फिल्म र टेलिफिल्ममा अभिनय गरी आफ्नो प्रभावशाली अभिनय कला देखाई दर्शकको मन जितेका भीमवहादुर थापाले ९२ बर्षको उमेरमा गए राति २ बजे निजि निवासमा देह त्यागेका हुन ।

उमेर ढल्कदै गएका कारण उनी बिगत केही बर्ष देखि अस्वस्थ थिए । पछिल्लो समय उनको मुटुको भल्वमा समस्या देखिनुको साथै फोक्सोमा पानी जमेको थियो जुन मृत्युको कारण बनिदियो । भूपु आर्मी समेत रहेका उनलाई केही हप्ता देखि आर्मी हस्पिटल पनि राखिएको थियो तर अन्तिम समयमा घरबाटै विदा लिन्छु भन्दै थापा घर फर्किएका थिए ।

यस्तै उता देवि सिरियल खेल्दा देखिनै आफ्नो धर्म पिताको रुपमा थापालाई ग्रहण गरेकी दीपाश्री ले उनको निधनको खबर सुने लगतै पोखरामा छायाँकनरत छक्का पञ्जा- ३ को सुटिङ रोकी काठमाण्डौ फर्किएकी छिन् ।

थापाको दीपाश्री सहित ३ छोरी नेपालमा छन् भने दागवत्ती दिने एक छोरा चाँहि अमेरिकामा छन् । कलाकार संघकी महासचिव सरिता लामिछानेका अनुसार थापाको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम आजै बिहान साढें १० बजे देखि  पशुपति आर्यघाटमा कार्यक्रम    तय  भएको छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*