सुनकेसरीको लाइफटाइम कलेक्सन यस्तो : सुरुमा चल्यो पछि फेरी उस्तै

लगानी रिकभर गर्न चाहिन्थ्यो यति रकम तर...

  • June 12, 2018 6:09 pm
  • News FIlmy

हिरोइन ऋचा शर्माले बनाएको फिल्म सुनकेसरीले पनि घरेलु बक्स अफिसमा खासै कमाल देखाउँन सकेन ।

सुरुवाती तीन दिनमा राम्रै व्यापार गरेको फिल्मले त्यस पश्चात भने सोचे अनुरुपको कलेक्सन नगर्दा यो फिल्म पनि घरेलु बक्स अफिसमा असफल भएको छ ।

१ करोड ३० लाख प्लस बजेटमा निर्मित उक्त फिल्मले लाइफटाइम ग्रस कलेक्सन पनि फिल्मकै बजेट बराबर  गरिदियो जसकारण यो फिल्मले नेपाल रिलिजबाट लगानी रिकभर गर्न सकेन । हिसाव हेर्दा  सुनकेसरीले राजधानी तर्फ करिब ९७ लाख र मोफसल तर्फ ३० लाख मात्र व्यापार गरी कूल १ करोड २७ लाख रुपैयाँ कारोबार गरेको देखिएको छ ।

फिल्मको शेयर बाडफाड नियम अनुसार यदि कुनै पनि फिल्मको लागत १ करोड ३० लाख पुग्दछ भने त्यस फिल्मले आफ्नो लगानी रिकभर गर्नका लागि ३ करोड २६ लाख ग्रस कलेक्सन (कारोबार) गर्नै पर्ने हुन्छ जुन  कलेक्सन गर्न सुनकेसरी असफल रह्यो ।

अभिनेता समेत रहेका अर्पण थापा निर्देशित सुनकेसरी हरर श्रेणीको जनरमा निर्मित फिल्म थियो जुन फिल्मबाट हाँस्य कलाकार रविन्द्र झाले चाँहि निकै राम्रो प्रसंसा बटुलेका छन् ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*