सुरज सुब्बाको फिल्ममा पूजा शर्मा फाइनल : हिरोको सम्भावना यस्तो

७० प्रतिशत सुटिङ अमेरिकामा हुने

  • May 12, 2018 9:47 am
  • News FIlmy

pooja sharna

निर्देशक सुर्दशन थापाको मात्र फिल्ममा अभिनय गर्ने हिरोइनको छाप बनाएकी पूजा शर्माले आफ्नो क्याम्प बाहिरका निर्देशकको पनि फिल्म खेल्ने भएकी छिन् ।

न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार पूजाले निर्देशक सुरज सुब्बाको नयाँ फिल्ममा काम गर्ने गरी  गत बिहिबार साईन गरेकी हुन ।

चार बर्ष अघि हङकङमा आयोजित नेफ्टा अवार्डमा उत्कृष्ट डेब्यू हिरोइनको अवार्ड जितेपछि दयासंग पूजाले खिचेको तस्बिर

चार बर्ष अघि हङकङमा आयोजित नेफ्टा अवार्डमा उत्कृष्ट डेब्यू हिरोइनको अवार्ड जितेपछि दयासंग पूजाले खिचेको तस्बिर

बुझिए अनुसार दिनानुदिन बढ्दै गईरहेको पूजाको लोकप्रियतालाई समीक्षा गर्दै  सुब्बाले पूजाको डिमान्ड अनुसारको  पारिश्रमिक रकम दिएर साईन गराएका हुन । यध्यपी कति रकममा पूजासंग साईन भयो भन्ने बारेमा चाँहि निर्माण टिमले जानकारी दिएको छैन ।

उक्त फिल्ममा पूजाको अपोजिट दयाहाङ राई खेल्ने सम्भावना अत्यन्त प्रबल छ । बुझिए अनुसार दयाले सुब्बाको फिल्म खेल्न मौखिक सहमति जनाईसकेका छन् ।

३० प्रतिशत नेपालमा र  बाँकी अमेरिकामा सुटिङ हुने सुब्बाको नयाँ फिल्मको कथा ईन्टरकाष्ट लभस्टोरी रहेको बताईएको छ ।  सुटिङ र भिषा तयारीका लागि पूजालाई साईन गरेर सुब्बा चाँहि बिहिबार राति नै अमेरिका फर्किसकेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*