बलिउड निर्देशक सुभाष घई नेपाल आउँदै : फिल्म मेकिङको सेमिनारमा मुख्य प्रशिक्षक हुने

जेठ २० गते हुने भयो बृहत सेमिनार

  • May 11, 2018 9:23 am
  • News FIlmy

manisha subas ghai

नेपालबाट बलिउड प्रवेश गर्न सफल भएकी हिरोइन मनीषा कोइरालाका गड फादर मानिने निर्देशक सुभाष घई नेपाल आउँने भएका छन् ।

मैतिदेवि स्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन गईरहेको एक दिने ईन्सपिरेसनल फिल्म मेकिङ एण्ड मिडिया सेमिनारमा मुख्य प्रशिक्षकका रुपमा सहभागी हुन उनी नेपाल आउँन लागेका हुन ।

‘उहाँ जेठ १९ गते नेपाल आएर २० मा कार्यक्रम सकी सोही दिन मुम्बई फर्किनु हुनेछ ।’ कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले सुभाष घईको कन्र्फमेशन लेटर पढ्दै जानकारी दिएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीका सिईओ पुरी र स्क्रिन राईटर अन्जुम राजावली

कान्तिपुर फिल्म एकेडेमीका सिईओ पुरी र स्क्रिन राईटर अन्जुम राजावली

पुरीका अनुसार उक्त सेमिनारमा सहभागी हुन बलिउडका निकै चर्चित फिल्म लेखक अन्जुम राजावली सहित मुक्ता आर्टस प्रोडक्सन कम्पनीका एमडी तथा वीस्टलिङ उडका एकेडेमिक हेड राहुल पुरी सहित अन्य विभिन्न विधामा पोख्त रहेका थप दुई प्रशिक्षकहरु पनि  आउँने छन् ।

जेष्ठ २० गते दरवारमार्ग स्थित होटल अन्नपूर्णमा विहान १० बजे देखि साँझ ६ बजे सम्म चल्ने सेमिनारमा सहभागी हुन ईच्छुक रहेका जो कोही व्यक्तिहरुले यो सेमिनारमा भाग लिन सक्ने ऐकेडेमीका सिईओ पुरीको भनाई छ । उनका अनुसार  करिब ५ सय व्यक्ति तथा विद्यार्थीको सहभागी  गराउँदै स्क्रिन राईटिङ, मोबाईल फिल्म मेकिङ, फेशन डिजाईन र मिडिया नलेजको बिषयमा  सेमिनार केन्द्रित हुनेछ । यस्तै पुरीका अनुसार उक्त सेमिनारमा नेपाली फिल्म नगरीबाट पनि हाई भोल्ट एक्टर तथा फिल्ममेकरहरुको पनि उपस्थिती रहनेछ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*